२१ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले गराए मनोनयन दर्ता

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

आयोगले १ लाख २३ हजार उम्मेदवारलाई जरिबाना तिराउने

वैशाख ३० मा भएको स्थानीय तहको चुनावको खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ।

जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति

अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे। उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए।

लाभको पदवाला समानुपातिकमा अयोग्य

कुनै लाभको पदमा बहाल रहेको व्यक्ति प्रतिनिधि तथा प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार बन्न नपाउने भएका छन्।

एमाले इलामका उम्मेदवार सिफारिस

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए।

काठमाडौंबाट एमालेका उम्मेदवार सिफारिस

निर्वाचन क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, ३ बाट कृष्ण राई, ५ बाट ईश्वर पोखरेल र ८ बाट राजेश शाक्य एकल रूपमा सिफारिस काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य भने क्षेत्र नम्बर ७ र ९ बाट सिफारिसमा परेका छन्।

महासचिवमा छन्त्यालको दाबी

नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले भदौ २२ हुने निर्वाचनका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

अहिलेसम्म सडकबाट लड्यौं अब संसदबाट जनता र देशका पक्षमा लड्छौं: हेमराज थापा

उनले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्, ‘अहिलेसम्म सडकबाट लड्यौँ, सडकमा बोल्यौँ,अब संसदबाट जनता र देशका पक्षमा लड्ने छौं।'

ममाथि सिंगो पार्टीको जिम्मेवारी छ, कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन्। यद्यपि केही समस्या पनि देखिएका छन्। तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं। त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं।’

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

‘तोकिएको समयावधिभित्र कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईंहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुन नपर्ने हो ?’

बुढीनन्दामा विकास लहरको संकेत

बितेका पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो। पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली। कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए। पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरिदमै ठूलो पैसा गुमाए।

स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन्।

स्वतन्त्र उम्मेदवारहरूको प्रथम राष्ट्रिय भेलाः मिसन १६५ सञ्चालन गर्ने

शनिबार ललितपुरको सानेपामा आयोजित भेलामा स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले सो अवधारणा पत्र प्रस्तुत गरेका हुन्।

मिति घोषणा नहुँदै उम्मेदवारी घोषणा गर्ने लहर

सरकारले असार अन्तिम सातासम्म निर्वाचन घोषणा गर्ने तयारी गरेका बेला काठमाडौंसहितका विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्ने लहर सुरु भएको हो।

उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर उम्मेदवारमा अहिलेसम्मको गणनामा नेपाली कांग्रेसले नेकपा (एमाले) र गठबन्धनभन्दा फराकिलो अन्तरले अग्रता लिदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्