२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कपिलवस्तु नगरपालिका नगर कार्यपालिकाको ८ सदस्यका लागि कांग्रेस र जसपा नेपाल बिच गठबन्धन

कपिलवस्तु नगरपालिका नगर कार्यपालिकाको ८ जना सदस्यका लागि हुने निर्वाचनमा काँग्रेस र जसपाबिच गठबन्धन भएको छ। दुवै पाटी मिलेर कार्यपालिका सदस्य निर्वाचनमा जाने निर्णय भएको हो।

शेर्पाद्वारा प्यानलसहित उम्मेदवारी दर्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौँ महानगरपालिकाः दोब्बर मतले बालेनको अग्रता, स्थापित तेस्रो स्थानमा

काठमाडौँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४३ हजार भन्दा धेरै मत प्राप्त गरेका छन्।

दलका उम्मेदवारमाथि बागी हाबी

पार्टी निर्णयविरुद्ध बागी बनेर चुनावी मैदानमा उत्रिनेमा कांग्रेस नेता तथा कार्यकर्ता मात्र छैनन्, प्रमुख प्रतिपक्षी एमाले, सोही पार्टीबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी लगायत दलका नेताकार्यकर्ता पनि छन्। जनमत एकातिर पार्टी निर्णय अर्कोतिर हुँदा भएको विद्रोह र त्यसको परिणामले पार्टीहरूलाई सोच्न बाध्य पारेको हुनुपर्छ।

'आउने सन्ततीलाई यहीँ बस्न मन लाग्ने धनगढी बनाउने सोच छ'

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार बढी मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल धनगढी उपमहानगरको प्रमुखमा विजयी भएका छन्। विजयी भएपछि हमालसँग नागरिककर्मी दिलबहादुर छत्यालले गरेको कुराकानी यस प्रकार छः

धरानको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित सुनिश्चित

धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) को जित सुनिश्चित भएको छ।

पोखराले ‘अटेरी’ लाई टेरेन

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल काठमाडौंका मतदाताले अलि परिवर्तन खोज्दा स्वतन्त्र उम्मेदवारले बढी मत पाएको बताउँछन्।

काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका छन्।

बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशक अघिदेखि गुमेको आफ्नो शाख फर्काउन सफल भएको छ। बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे विजयी भएका छन्।

धरानमा गठबन्धनभन्दा स्वतन्त्र उम्मेदवार २४ सय बढी मतले अगाडि

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले फराकिलो अग्रता लिएका छन्।

जोसँग ९१ मतले पराजित थिए उसलाई झण्डै १६ सय मतले पछारे

जनकपुरधाम धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन्। उनी आफ्नो प्रतिस्पर्धीभन्दा १ हजार ५९४ मत बढी पाएर विजयी भएका हुन्।

दुर्गालाई घात, कुमारीलाई महाघात

दुर्गालाई एमालेबाट घात मात्र भएको छ। योभन्दा ठूलो अन्तर्घात भोगिन् मेलम्ची नगरमा राप्रपाकी कुमारी तामाङले। यहाँ पनि त्यसैगरी अन्तिम दिनमा गठबन्धन भयो।

पोखराले पत्याएन स्वतन्त्र उम्मेदवारलाई

पोखरा महानगरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए अटेरी अभियानका गनेस पौडेल (खडकराज) ले। गनेस र बालेन्द्रको एउटै चुनाव चिह्न थियो-लौरो। तर, काठमाडौं महानगरमा बालेन्द्रको चर्चा र उनले पाएको मतको आकार झन्डै दोब्बर हुँदा पोखरामा पौडेलले भने उत्तिसारो मतदाताको सहानुभूति बटुल्न नसकेको अहिलेसम्म उनले पाएको मतसंख्याले पुष्टि गर्छ।

रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार थापा विजयी

पाल्पाको रामपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्। रामपुर नगरपालिकाको नगर प्रमुख (मेयर) मा रमणबहादुर थापा र उपप्रमुख (उपमेयर) पदमा बालकुमारी थापा विजयी भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्