coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

धरानमा गठबन्धनभन्दा स्वतन्त्र उम्मेदवार २४ सय बढी मतले अगाडि

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले फराकिलो अग्रता लिएका छन्।

शनिबार बिहान ११ बजेसम्म ४६ हजार ४९५ मतगणना सकिदा साम्पाङले २४७४ मतको अग्रता लिएका छन्। उनले १४ हजार ७३३ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार किशोर राईले १२ हजार २५९ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले ९ हजार ९६४ मत प्राप्त गरेकी छिन्। यसैगरी, उपमेयरमा गठबन्धन उम्मेदवार अइन्द्रबिक्रम बेघा १४ हजार ६७३ मतले अग्रता कायम गरिरहेका छन्।

एमालेका उम्मेदवार पदम इस्वो उनीभन्दा ११६२ मतले पछाडि छन्। धरानको वडा नं १५ र १६ को मतगणना जारी छ भने वडा १७ को मतगणना भएको छैन। वडा नं २० मा मतपत्र विवादको कारण अन्तिम परिणाम घोषणा भएको छैन।

प्रकाशित: ७ जेष्ठ २०७९ ०७:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App