८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति

हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल हुने भएको छ।

सोमबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले सो निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिएको औंपचारिक जानकारी गराएका हुन्। सहमति अनुसार नेकपा (संयुक्त) ले पनि जनता प्रगतिशील पार्टी, नेपालको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुनेछ।

अन्य राजनीतिक दलहरुसँग पनि चुनावी तालमेल गर्दै अघि बढने योजना अनुसार नेकपा (संयुक्त) सँग पनि सो सहमति गरिएको जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठीले स्पष्ट पारे। उनले आगामी निर्वाचनबाट आउने परिणामलाई आफूहरुले स्विकार गरेर जाने बताए।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले समान विचारधारा भएकाले आफूहरुले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय लिएको बताए। उनले निर्वाचनपछि आउने नयाँ राजनीतिक परिस्थितिलाई सामना गर्न पनि आफूहरुबीच सहमति रहेको बताए।

दुवै पार्टीको सहमतिमा मात्रै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली तय गर्ने पनि सहमति पत्रका उल्लेख गरिएको छ।  

प्रकाशित: २७ भाद्र २०७९ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App