२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ममाथि सिंगो पार्टीको जिम्मेवारी छ, कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सभामा दल दर्ता गर्नबाट चुकेका कारण भाग नलिने घोषणा गरेको भन्ने आरोप लागेको भन्दै त्यसको खण्डन गरेका छन्।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको उम्मेदवार आह्वान कार्यक्रममा उनले प्रदेश सभा चुनावमा भाग नलिने भनेर गरिएको घोषणाबारे प्रष्ट पार्ने प्रयास गर्दै लामिछानेले प्रदेश सभामा समस्या रहेको र त्यसलाई ‘रिपेयर’ गर्नुपर्ने आफूहरुको माग रहेको बताए।

आफूहरुले प्रदेश सभा चुनावमा भाग नलिने निर्णय केन्द्रीय समिति बैठकबाटै गरेर दल दर्ता गरेको भन्दै लामिछानेले भने, ‘हामीलाई झुक्किए भन्ने साथीहरु नै हामी झुक्कियौं भनेर झुक्किनुभयो।’ लामिछानेले आफूलाई धेरैतिरबाट चुनाव लड्न आग्रह गरिएको भन्दै कहाँबाट लड्ने भनेर अध्ययन गरिरहेको बताए।

उनले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पार्दै आफूले उम्मेदवारी दिने क्षेत्रको बारेमा पनि अध्ययन गरिरहेको बताए। उनले भने ‘एउटा उम्मेदवारले आफू कहाँबाट लड्दै छु भनेर अध्ययन गर्नुपर्छ, मैले त्यही अध्ययन गरिरहेको छु, ममाथि सिंगो पार्टीको जिम्मेवारी पनि त छ नि।’ उनले आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने पनि बताए।

‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन्। यद्यपि केही समस्या पनि देखिएका छन्। तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं। त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं।’ साथै उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताए।

प्रकाशित: २ भाद्र २०७९ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App