२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालमा किन पुरुषमा बढी कोरोना संक्रमण ?

नेपालमा पनि अन्य प्रभावित देशहरुमा जस्तै कोरोना संक्रमित हुनेमा पुरुष बढी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार हालसम्म कुल ५ हजार ६२ जना पुरुष छन् भने कुल संक्रमित महिलाहरु ३५३ जना मात्र छन्।

कोरोनापछिको परिवेश

झन्डै वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सबाट चलायमान नेपालको अर्थतन्त्रको हालत आगामी दिनमा के होला ? अध्ययन र कामका लागि जहिल्यै विदेश जाने सपना बोकेका नेपाली युवाहरूको अवस्था के होला ? कोरोनाले सिंगो विश्वजगतमा जस्तै अनेक चिन्ता र छटपटी हाम्रो समाजमा पनि बढाइदिएको छ ।

मृतक दुई जनामा कोरोना संक्रमणको पुष्टि

वीरगन्जमा बेग्ला बेग्लै २ जना मृतकहरुमा कोरोना (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका एक जना ५ वर्षीय बालकमा र वीरगन्जको घन्टाघर नजिकै बुधबार मृत फेला परेका युवा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

धादिङमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा शुक्रबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आइ स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमण बढ्दैछ, अब के गर्ने ?

कोरोनासँगै हामीले महिनौं अथवा वर्षौंसम्म बस्नुपर्ने हुनसक्छ । यो भाइरस हामीसँग लामो समयसम्म रहनेछ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन ।

रोल्पामा ‘कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालन

रोल्पामा ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित भेटिन थालेपछि अस्थायी आइसोलेसन केन्द्रमा सेवा सुरु गरिएको हो ।

छोरी ऋषिकाको लकडाउन डायरी

साथीहरू बाबाममीसँगै सधैं घरमै बसेको देख्थें । मेरो बाबा भिमप्रसाद ढकाल एसएसपी हुनुहुन्छ । उहाँ एक दिन पनि हामीसँग बस्न पाउनुभएको छैन । जतिसुकै कडा लकडाउन होस् अथवा शनिबार छुट्टीको दिन प्रहरी सेवामा आबद्ध उहाँको काँधमा तीनटै उपत्यकाको ट्राफिक भार थियो । उहाँ चौबिसै घण्टा खटाइ भएकाले बसाइ पनि कार्यालयमै हुन्थ्यो ।

कपिलवस्तुमा मात्र ६ सय १६ संक्रमित

कपिलवस्तुमा बिहीबार साँझसम्म ६ सय १६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो २४ घन्टामा जिल्लामा ५० जना संक्रमित थपिएका छन् । जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा एक सय ७९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

सिक्लेसका तारा

चित्रबाटै नेपालको प्रकृति, संस्कृति, ऐतिहासिक सम्पदा र जीवनशैली प्रवद्र्धन गर्ने सद्भावना दूत हुन् कलाकार डिबी गुरुङ । कोरोना महामारीले सिंगो विश्वलाई रुवाइरहेका बेलामा उनी कलामार्फत आशाको फूल फुलाइरहेका छन् ।

लकडाउनले आर्थिक संकट, विकेन अलैची

अलैचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गतवर्ष उत्पादन भएको अलैची बिक्री हुन सकेको छैन । कोरोना भाइरस (कोभिड-१९) का कारण भएको लकडाउनपछि अलैचीका कारोबार ठप्प रहेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ८७ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा १ सय ८७ जना कोरोना मुक्त भएर घर फर्केका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ८ सय ६१ जना कोरोना मुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना संक्रमित थपिएका छन्।

कर्णालीमा ५५ जना कोरोना संक्रमित थपिए

बिहीबार कर्णालीमा ५५ जना कोभिड–१९ अर्थात् कोरोना संक्रमित थपिएका छन् । दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौंका एकजना कोरोना संक्रमित थपिएका हुन् ।

भोको मर्न र चुल्लो निभ्न नदिने अभियान

चीनको वुहानबाट देखिएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले अहिले विश्वभरि नै आतंक मच्चाइरहेको छ यतिखेर यो महामारीले कसैलाई पनि अछूतो राख्न सकेन । धैरेले आफ्नो ज्यान गुुमाइसकेका छन् ।

उदयपुरमा संक्रमित संख्या ४० पुग्यो, ३२ जना निको

उदयपुरमा बिहीबार थप ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित पुष्टि भएका छन् । सदरमुकाम त्रियुगा जनता क्याम्पस मोतिगडा क्वारेन्टिनमा बसेका २ जना र कटारी नगरपालिका १ बेलसोतस्थित प्रदेश क्वारेन्टिनमा बसेमा १ मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्