२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेश २ मा भद्रगोल : स्वाब थुप्रिएपछि संकलन स्थगन

पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएका एक युवकलाई घर पठाएको नबौं दिनमा रिपोर्ट पोजेटिभ आएको छ। सिरहाको शूर्यनारायण सत्यनारायण मरबैता यादव क्याम्पस क्वारेन्टिनमा बसेका सिरहा नगरपालिका–२० डिहटोलका युवक मंगलबार कोरोना पोजेटिभ पुष्टि भएको थियो।

नवलपरासी र अर्घाखाँचीका दुई पुरुषको मृत्यु, स्वाब परीक्षणमा पठाइयो

नवलपरासी पश्चिम र अर्घाखाँचीका एक एक जना पुरुषको मृत्यू भएको छ। क्वारेन्टीनमा बसेका अर्घाखाँचीका एक ५७ बर्षिय पुरुषको बुटवलमा उपचार गरि फर्कदै गर्दा बुधबार बाटोमै मृत्यू भएको हो।

थप २७९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमका अनुसार संक्रमित २५७ पुरुष र २२ जना महिला छन्।

कोरोना कहरः चीन महाशक्ति बन्न सक्छ?

कोभिड–१९ महामारीबीच ‘एन्टी अमेरिकन’ र ‘प्रो चाइनिज’ समूहरुले विश्वमा चिनियाँ प्रभूत्व कायम होस् भन्ने चाहन्छन्। महामारीका कारण अमेरिकी प्रभाव कमजोर देखिए पनि चीनले एकल वर्चश्व कायम राख्न स्वयं चीनका लागि पनि त्यति सजिलो छैन।

‘कोरोनालाई भन्दा समाजको गलत बुझाइलाई चिर्न बढी चुनौती’

म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को जनप्रतिनिधि (वडाअध्यक्ष) हुँ । कोरोना भाइरसको महामारीका कारण जब लकडाउन घोषणा भयो, त्यसपछि म आफ्नो वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काममा खटिएँ । हामी कोरोनाविरुद्ध अभियानमै रहेका बेला भारतमा अलपत्र परेका हाम्रै गाउँपालिकाभित्रका दाजुभाइ घर फर्किन थाल्नुभयो ।

कोभिड अस्पतालबाट २० जना डिस्चार्ज, १२ जना भर्ना

सिरहाको विभिन्न स्थानबाट कोराना संक्रमण भई कोभिड अस्पतालमा ल्याइएका २० जना संक्रमणमुक्त भइ घर फर्केका छन् । सिरहामा पहिलो पटक कोरोना पराजित गरेकाहरूलाई जिलाका स्वास्थ्य तथा सुरक्षा प्रमुखहरू पुष्प गुच्छा दिएर अस्पतालबाट बिदा गरेका थिए ।

गण्डकी प्रदेश : हिमाली जिल्ला मुस्ताङ र मनाङमा संक्रमण शून्य

कोरोना भाइरस संक्रमणले तराई र पहाडि जिल्लामा तीब्र गति लिइरहँदा हिमाली जिल्लामा भने अहिलेसम्म संक्रमण उक्लिन सकेको छैन। गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म कोही पनि संक्रमित फेला परेका छैनन्।

नेपालमा कति जनालाई कोरोना निको भयो ?

नेपालमा अहिलेसम्म ५८४ जना कोरोनो निको भएर घर फर्केका छन्। आज मात्रै ९६ जना कोरोना मुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

कोरोनाका कारण थप एक जनाको मृत्यु

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चतवन भरतपुर ११ का एक व्यक्तिको कोरोनाका कारण आज विहान मृत्यु भएको हो। ज्वरो, निमोनियाबाट पीडित उनको हिजो बेलुका परीक्षणको क्रममा कोरोना पोजेटिभ आएको थियो।

'हे सरकार! असक्षमता हात धोएर निको हुँदैन!'(फोटो फिचर)

प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गर्ने समूहमाथि प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर रहेको भन्दै सरकारलाई दबाव दिन प्रदर्शनमा उत्रेका युवाहरुको समूहलाई प्रहरीले लाठी समेत चार्ज गरेको छ।

वीपीबाट २८ जना संक्रमित निको भएर डिस्चार्ज भए

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचाररत २८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।

७० थान बहुपयोगी बेड प्रदान, १० ठाउँमा सेन्सरयुक्त धारा ट्यांकी जडान

विदेशबाट फर्काएका नेपालीलाई राख्न व्यवस्थापन गरिएका भक्तपुरका दुई होल्डिङ सेन्टरमा प्रयोग गर्न चुची फाउण्डेशनले ७० थान श्यया (बेड) प्रदान गरेको छ।

महामारीबीच नै स्वास्थ्यमा दर्जनौं सरुवा

कोभिड १९ महामारी सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयभित्रकै दर्जनौं कर्मचारी तथा स्वास्थ्यकर्मी सरुवा र हेरफेर गरेको छ । पटकपटक कामको जिम्मेवारी फेरिएपछि महामारी व्यवस्थापन तथा नियन्त्रणमा समस्या आउन सक्ने विज्ञहरुको राय छ । विभागीयमन्त्री भानुभक्त ढकालले दर्जनौं कर्मचारीको जिम्मेवारी हेरफेर गरिरहेका छन् ।

पिसिआर नगरी फर्काइए १४३ संक्रमित

कोरोनाको केन्द्र बनेको कपिलस्तुमा पिसिआर परीक्षण नगरी कोरोनामुक्त भएको भन्दै आइसोलेसनमा उपचाररत एक सय ४३ जनालाई घर फर्काइएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाअनुरूप पालिकाहरूले आइसोलेसनमा बसेका संक्रमितलाई निको भएको भन्दै घर फर्काउन थालेका हुन् ।

कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले कोरोना भाइरस रोकथाका लागि तयारी गर्नुको साटो सरकार लकडाउन घोषणा गरेर चुपचाप बसेको ठहर गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्