२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

महामारीबीच नै स्वास्थ्यमा दर्जनौं सरुवा

कोभिड १९ महामारी सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयभित्रकै दर्जनौं कर्मचारी तथा स्वास्थ्यकर्मी सरुवा र हेरफेर गरेको छ । पटकपटक कामको जिम्मेवारी फेरिएपछि महामारी व्यवस्थापन तथा नियन्त्रणमा समस्या आउन सक्ने विज्ञहरुको राय छ । विभागीयमन्त्री भानुभक्त ढकालले दर्जनौं कर्मचारीको जिम्मेवारी हेरफेर गरिरहेका छन् ।  

आइतबार मात्रै मन्त्रालयमा लामो समयदेखि नीति तथा योजना शाखामा योगदान पु¥याएका डा. विकास देवकोटा प्रवक्ताको जिम्मेवारीबाट हटाएर गुणस्तर तथा नियमन महाशाखामा सरुवा गरिएको छ । डा. देवकोटाको सट्टा परोपकार प्रसुति गृहका निर्देशक डा.जागेश्वर गौतमलाई सरुवा गरेको छ । प्रसूतिगृहमा कोभिड–१९ कै संयोजन बटुलेकी कोसी प्रदेशिक अस्पतालकी निर्देशक डा. संगीता मिश्रको सरुवा गरिएको छ । यसअघि मन्त्रालयको प्रवक्ताका रूपमा महेन्द्रप्रसाद श्रेष्ठ थिए । उनीपछि देवकोटा र देवकोटापछि गौतम प्रवक्ता बनेका छन् ।  

कोभिड–१९ महामारी सुरु भएपछि नै मन्त्रालयले तीनजना स्वास्थ्य सचिवसमेत फेरिसकेको छ । मन्त्री ढकाल आउँदा स्वास्थ्य सचिव खगराज वराल थिए । उनको सरुवा गरी  यादव कोइरालालाई मन्त्रालयमा बोलाइयो । उनी आएको केही समयमै  सरुवा गरी लक्ष्मण अर्याल नयाँ सचिवको रूपमा ल्याइको छ ।  

महमारीको बेला छिटो–छिटो काम हेरफेर गर्नु राम्रो हैन, स्वास्थ जस्तो गम्भीर विषयमा शाखा बुझ्नै समय लाग्छ ।  

यही अवधिमा स्वाथ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. रोशन पोखरेललाई मन्त्रालय सारिएको हो । कोभिड–१९ महामारी सुरु भएदेखि नै राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लाललाई सरुवा गरी क्षयरोग केन्द्रमा सरुवा गरी शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेलाई महाशाखामा सारिएको हो ।  

यही अवधिमा मन्त्रालयका पूर्वप्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयवाट स्वास्थ्य सेवा विभागमा महानिर्देशकमा सरुवा गरिएको हो । उनलाई दुई साताअघि मात्रै सिसिएमसीको जिम्मेवारी तोकिएको छ । विभागको महानिर्देकको रूपमा मन्त्रालयमै काम गरिरहेका डा. दीपेन्द्ररमण सिंहलाई सरुवा गरिएको छ ।  

यही अवधिमा मन्त्रालयको स्वास्थ्य विपद् व्यवस्थापन केन्द्र कर्मचारी तथा कोभिड–१९ का सहप्रवक्ता सागर दाहाललाई सिसिएमसी(कोभिड–१९ विपद् व्यवस्थापन समिति)मा सरुवा गरी हालका सहप्रवक्ता डा. समीरकुमार अधिकारीलाई सहप्रवक्ता तोकेको हो ।  

त्यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. भोगेन्द्र डोटेललाई मन्त्रालय तानी डा. रमेश खरेललाई आपूर्ति महाशाखामा सरुवा गरिएको छ ।  

महामारीको जिम्मेवारी समालिरहेका कर्मचारीलाई छिटो–छिटो जिम्मेवारी हेरफेर गर्दा महामारी  नियन्त्रणमै समस्या पर्न सक्ने मन्त्रालयका कर्मचारी बताउँछन् । ‘महमारीको बेला छिटो–छिटो काम हेरफेर गर्नु राम्रो हैन, स्वास्थ जस्तो गम्भीर विषयमा शाखा बुझ्नै समय लाग्छ,’ मन्त्रालयका एक कर्मचारीले भने । महामारी व्यवस्थापनको जिम्मेवारी लिइरहेका कर्मचारी सरुवा गर्दा कोरोना भाइरस नियन्त्रणमै समस्या आउनसक्ने राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन् । 

उनले सरुवा नियमपूर्वक हुनुपर्ने र छिटो–छिटो सरुवा गर्दा काम समालिरहेका कर्मचारीलाई नयाँ जिम्मेवारी दिँदा नयाँ कुरा बुझेर व्यवहारमा उतार्नै समय लाग्ने बताए । ‘नयाँ शाखामा जाँदा बुझ्नै कम्तीमा दुई÷तीन महिना लाग्छ, त्यतिबेला भाइरस फैलिएर कहाँ पुगिसकेको हुन्छ,’ उनले भने । नेपालमा सरुवा भाइरस पनि कोरोना भाइरसजत्तिकै बलियो रहेको मरासिनीले व्यंग्य गरे ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App