८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतबाट म्याग्दी आएका आमा–छोरामा कोरोना संक्रमण

नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरी बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टिनमा रहेका जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवतीका आमा–छोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

उपत्यका भित्रिनेको भीडः प्रहरी भन्छ– मन्त्रीकै फोन आउँछ त, के गर्नु

सुरुसुरुमा कडाइ गरेपनि पछिल्लो समय थर्मलगनले ज्वरोसमेत ननापी मानिसलाई उपत्यकामा प्रवेश दिइएको छ। यसले कोरोना संक्रमणको जोखिम बढाएको छ।

कोरोनाका कारण विदेशमा थप ३ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ। गत साता संक्रमणका कारण मृत्यु भएकाको संख्या शून्य रहे पनि यो साता थप ३ जनाको मृत्यु भएको हो। यो सँगै गत ९ सातामा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ। यो साता मृत्यु भएका तीनै जना कतारका हुन्।

सल्लाह दिन नियुक्त व्यक्ति खरिद प्रक्रियामा संलग्न

संसद्को सार्वजनिक लेखा समितिले ओम्नीसँगको मेडिकल सामग्री खरिदमा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्कीको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ।

रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

नेपालमा शनिबार मात्र तीन सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय १६ पुगेको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लोपटक मुस्ताङमा समेत संक्रमित भेटिएपछि ७५ जिल्लामा कोरोना पुगेको हो । अहिलेसम्म संक्रमित नभेटिएका दुई जिल्ला रसुवा र ओखलढुंगा हुन् ।

बौद्धबाट मुस्ताङ पुगेका वृद्धमा कोरोना

हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोनाका बिरामी फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिकाका ८३ वर्षिय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो। मुस्ताङमा संक्रमित फेला परेसँगै प्रदेशका सबै ११ जिल्लामा संक्रमण पुगेको छ।

लकडाउनका कारण विद्युत चुहावट बढ्यो

कोरोना भाइरसका कारण जारी लकडाउनले विद्युत चुहावट बढेपछि अहिले फेरी त्यसको नियन्त्रणका लागि अभियान चलाइएको छ । नेपाल विद्यत् प्राधिकरण तौलिहवामा वितरण केन्द्रले गत फागुन महिना भरी अभियान चलाएको थियो । कोरोन भाइरसका कारण जारी लकडाउनले अभियान रोकिएपछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी विद्युत चोरी बढेको प्राधिकरणले जनाएको छ ।

उपत्यकामा आठ जना सहित थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या आठ हजार ६ सय पाँच पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय २४ पुग्यो

प्रदेश २ मा शनिवार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा महोत्तरी जिल्लामा २४, सर्लाहीमा २, रौतहटमा ५ र बारामा ३ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको लडाईमा डा. अनिल

चार वर्ष अगाडि रोल्पा अस्पतालमा आएका डा. अनिल केसि यतिबेला रोल्पालीका प्रिय पात्र बनेका छन् । यहाँका जनप्रतिनिधि, स्थानीय, प्रसाशक सबैले मायाँ र आदर गर्ने ब्यक्तित्व बनाएका छन् उनले ।

गोरखा अस्पतालबाट थप ८ जना कोरोना निको भएपछि घर फर्किए

पिसिआर पोजेटिभ देखिएपछि गोरखा अस्पतालमा उपचार गराइरहेका आठ जना कोरोना निको भएपछि घर फर्किएका छन् । अस्पताल आएर उपचार गराएपछि गरिएको पुनः जाँचका क्रममा रिपोर्ट नगेटिभ देखिएका गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

चार दिनमा ७० बेडको आइसोलेसन तयार

भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । ११ वटै स्थानीय तह मिलेर गोरखा क्याम्पसमा आइसोलेसन वेड तयार गरेका हुन् ।

तीन जना कोरोना संक्रमित डिस्चार्ज

खोटाङका तीन जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमण भएको पूष्टी भए लगत्तै अस्पताल भर्ना गरिएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१ वर्षका हिमाल कार्की, २१ वर्षकै भुवन कार्की र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय खुम्बराज राई शुक्रबार डिस्चार्ज भएका हुन्।

रसुवाका होटल तथा पर्यटन व्यवसायीलाई मासिक ६ करोड ७८ लाख घाटा

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण होटल तथा पर्यटन व्यवसाय पूर्ण रूपमा ठप्प भएको छ । अन्य व्यवसाय जसोतसो चलिरहेको भए पनि होटल तथा पर्यटन व्यवसाय गएको चैत महिनादेखि नै बन्द छ ।

गण्डकी प्रदेशमा ५८ संक्रमित थपिए

गण्डकी प्रदेशका विभिन्न सात जिल्लाका थप ५८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। ती मध्ये एकजना १९ महिने बालिका पनि छिन। गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार सबैभन्दा बढी तनहुँमा २५ जनामा संक्रमण देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्