९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाविरुद्धको लडाईमा डा. अनिल

‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा डा. अनिल केसि । तस्बिर : दिनेश/नागरिक

चार वर्ष अगाडि रोल्पा अस्पतालमा आएका डा. अनिल केसि यतिबेला रोल्पालीका प्रिय पात्र बनेका छन् । यहाँका जनप्रतिनिधि, स्थानीय, प्रसाशक सबैले मायाँ र आदर गर्ने ब्यक्तित्व बनाएका छन् उनले । कोरोना कहर भन्दा अगाडि अस्पतालमा बिरामीसंगै ब्यस्त डा. केसि पछिल्लो समय कोरोनाविरुद्धको लडाईमा छन् । जटिल अवस्थाको प्रशुती अप्रेशन समेत गर्ने उनि र रोल्पा अस्पतालको टिम यतिबेला निरन्तर जनस्वास्थ्यमा केन्द्रीत छ ।  

सरकारले सबै जिल्लामा जिल्ला स्तरीय ५० शैयाको आइसोलेसन केन्द्र बनाउने निर्देशन गरे बमोजिम जलजला बहुमुखी क्याम्पस रोल्पामा तयार गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा यतिबेला उनै डा. अनिल छन् । मनको कुनामा त्रासको भारि बोकेर अन्य दुई स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीसंगै संक्रमित उपचार र रेखदेखमा खटिएका उनको अनुभव बेग्लै छ ।  

‘डर नै त होईन तर कोहि संक्रमित एकाएक गम्भीर भयो भने कसरी समस्या समाधान गर्ने होला भन्ने चिन्ता बढि लाग्छ ।’ डा. केसि भन्छन् ‘कतिबेला आफैलाई संक्रमण भयो कि जस्तो फिल हुन्छ । तर खतरा भईहाल्ला भन्ने डर चाहि छैन् ।’ उनि भन्छन् ‘जाने बुझेकै कतिपयले कोरोना प्रति गलत धारणा राखेको देख्दा अचम्म लाग्छ । उनिहरुको कोरोनालाई हेर्ने दृष्टीकोण नै बिभेद पुर्ण छ ।’ अस्थायीः कोभिड–१९ आईसोलेशन केन्द्रमा संक्रमितलाई राखेपछि जिल्ला समन्वय समिति प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिएसपि बाहेक अन्य जनप्रतिनिधि, प्रसासक, नागरिक अगुवा कोहि आएका छैनन् ।’ केसिले भने ‘बरु केहि स्थानीय युवाहरुले भोलेन्टीयर रुपमा सहयोग गरे ।’

उनले बिहानै ५ बजे उठेर संक्रमितलाई बाथरुमका लागि पानीको ख्याल गर्छन । पहिले जस्तो अहिले पानीको समस्या चाहि छैन । बेडको समस्या पनि कम भएको छ । ‘सुरुका दिनमा हामि आफैले मिलेर शैया जोड्यौ ।’ स्वास्थ्यकर्मीले बिहान ५.३० सबै ४० जना संक्रमितलाई उठाएर एक छिन सारिरिक ब्यायम गर्न लगाउछन् । ६ बजेतिर भाईटल लिने काम हुन्छ । ‘डिजिटल नाप हुन्छ । फोनबाट लिन लगाउछौ । ८ तिर खाजा खुवाउछौ ।’ हरेक कोठामा रहेको सिसिईटिभि र ईन्टरकम फोनले सजिलो गराएको छ ।  

बिहान खाजा पछि प्रसासनिक काम सुरु हुन्छ । १० बजेतिर सबैको भाईटल लिईन्छ । ‘उनिहरुलाई उपचारको जरुरी छ भने उपचार गर्छौ । १२ बजे खाना हुन्छ ।’ खाना पछि स्टोर हेर्ने । अन्य तयारी गर्ने । दिउसो ३ बजेतिर खाजा आउछ । ‘दिउसोको खाजा पछि संक्रमितहरुको आवश्यकता बुझ्छौ ।’ साझ सबैले पिपिई लाएर जाच गर्न जान्छन । ‘उपचार वा औषधि चाहिनेलाई दिन्छौ नभए काउन्सिलीङ गर्छौ । लामो समय पिपिई लाउदा उकुसमुस हुन्छ । तल आएर नुहाईधुवाई गर्ने । साझको खाना ८ बजे खुवाएर हामि पनि खान्छौ । अनि दैनिकी अपडेट गर्छौ । सबै ठाउँमा रिपोटिङ हुन्छ ।’  

राति १० बजे भाईटल लिएपछि सबैलाई एक चरण अबस्था बुझेर सुत्न लगाउछौ । हामि सुत्दा करिब ११ बजेको हुन्छ । केसिले आइसोलेसन केन्द्रको दैनिकी सुनाए । कहिले काहि कसैमा ज्वरो, खोकिको समस्या समेत आउछ । डा. अनिलका अनुसार यतिबेला अस्थायीः कोभिड–१९ आईसोलेशन केन्द्रमा पारिवारीक वातावरण छ । ‘आन्तरीक रुपमा रमाईलो वातावरणमा छौ । सबै संक्रमित ज्ञानी छन् । हामि पिपिई लगाएर जान्छौ । उनिहरुले अनुहार चिन्न मन लागेको बताउछन् ।’  

डा. अनिल केसिको टिम यहाँ बसेको १० दिन पुगेको छ । अबको ४ दिन पछि उनि क्वारेन्टिनमा बस्ने छन् । आफ्नो टिम निस्कियो भने यहाँ को आउने अनि भौतिक र आर्थिक तयारी अबस्था कस्तो छ भन्ने बारेमा चिन्तित छन् । डा. अनिलको टिम सबैको सहयोग भयो र पिसिआर परीक्षण नेगेटिभ आयो भने फेरी पनि सेवा गर्न तयार रहेको छ । यतिबेला रोल्पा अस्पताल प्रमुख डा. धनमायाँ घर्ती, डा. प्रकाश बुढा, डा. सपना कर्ण, डा. दिपक मकाजु लगायतको टोली कोरोनाविरुद्धको लडाईमा निरन्तर छ ।  

 

 

प्रकाशित: ६ असार २०७७ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App