९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

गण्डकी प्रदेशमा ५८ संक्रमित थपिए

    गण्डकी प्रदेशका विभिन्न सात जिल्लाका थप ५८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। ती मध्ये एकजना १९ महिने बालिका पनि छिन। गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार सबैभन्दा बढी तनहुँमा २५ जनामा संक्रमण देखिएको छ।  

त्यस्तै नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, कास्कीमा २, म्याग्दी र स्याङ्जामा १-१ जनामा संक्रमण देखिएको छ।  निर्देशनालयका अनुसार सन्क्रमितमध्ये तनहुँको ऋषिङ्ग गाउँपालिकाका २१ जना, ब्यास र शुक्लागण्डकी नगरपालिकाका २-२ जना रहेका छन। त्यसैगरी नवलपुरको बुलिङटार गाउँपालिकाका ११, बौदिकाली गाउँपालिकाका १, मध्यबिन्दु नगरपालिकाका २, बिनयीत्रीबेणी गाउँपालिकाका १ र देबचुलि नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ। गोरखाको भिमसेन नगरपालिकाका ५ जना रहेका छन्। बागलुङमा काठेखोला गाउँपालिकाका ८ जनामा पनि संक्रमण देखिएको छ। कास्किको मादी गाउँपालिकाका १९ महिने बालिकासहित दुइजनामा संक्रमण पुष्टि भएको छ। म्याग्दिको मालिका गाउँपालिकाका एक  र अर्का एकजना स्याङ्जाका रहेका छन। प्रदेश निर्देशक डा बिनोद बिन्दु शर्माका अनुसार सबै सन्क्रमित स्थानीय पालिकाको क्वारेन्टाइनमा थिए। उनिहरु सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको शर्माले बताएका छन। प्रदेशमा सन्क्रमितको संख्या ४३८ पुगेको छ।  

 

 

प्रकाशित: ६ असार २०७७ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App