९ आश्विन २०८१ बुधबार
image/svg+xml

अब वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जान पाइने

सरकारले वैदेशिक रोजगारीलाई खुला गर्ने भनएको छ। शुक्रबार सिंहदरबारमा बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले वैदेशिक रोजगारीमा रहेर विदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय गरेको हो।

कोरोना कहर : ‘डाक्टर भरोसा’ ! कि ‘भगवान भरोसा’ !

घुमाउरो पारामा सरकारले कोरोनाविरुद्धको लडाईमा आत्म सर्मपण गरिसकेको अबस्थामा आम जनताको स्वास्थ्य ‘डाक्टर भरोसा’ कि ‘भगवान भरोसा’मा टिकेको छ ।

प्राकृतिक विधिबाट कोरोना संक्रमितको उपचार गरिरहेकाे नेपालकाे अस्पताल

जिल्लाकै पहिलो कोरोना अस्पतालका रूपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरेको हो।

दाङमा कोरोना परीक्षणको गती बढ्यो

दाङमा कोरोना परीक्षणको दायरा बढेको छ । दाङमा कोरोना परीक्षण हुने एक मात्रै थलो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण मेसिन थप भएसंगै परीक्षणको दायरा बढेको हो । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवका अनुसार अब दिनहुँ एक हजार जनाको स्वाब परीक्षण हुनेछ ।

बैतडीमा ६३ जना संक्रमित थपिए

बैतडीमा आज ६३ जनामा कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

संक्रमित बढ्दै, स्याम्पल थपिँदै

विभिन्न जिल्लामा कोरोना भाईरसका संक्रमित थपिने क्रम बढेसँगै यहाँको प्रयोगशालमा परीक्षणका लागि ल्याइएका स्याम्पलको चाङ लाग्ने गरेको छ। संक्रमणको आशंकामा संकलन गरिएका नयाँ र पहिल्यै संक्रमण पुष्टि भएका व्यक्तिलाई निको भए नभएको पत्ता लगाउन दोहोर्याएर स्याम्पल परीक्षण गर्नुपर्दा झनै ढिलाई हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन्।

प्रदेश २ मा कोरोना नियन्त्रण हुँदै, २४ घण्टामा मात्र ९ जनामा संक्रमण

तिब्र गतिमा कोरोना भाइरस संक्रमण बढिरहेको प्रदेश २ मा लगातार दोस्रो दिन नियन्त्रित पाइएको छ । शुक्रबार यस प्रदेशमा २ महिला र ७ जना पुरुषगरी कुल ९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बिहीवार प्रदेश २ मा ६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार ४२६ जना नयाँ संक्रमित थपिए

शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ ।

कर्मचारीबाटै मनाङ उक्लियो कोरोना

हिमालपारीको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बढी संक्रमण रहेको जिल्ला कपिलबस्तुबाट गएका ती कर्मचारीमा मनाङ पुगेपछि कोरोना पुष्टि भएको हो । ती कर्मचारीसहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ७७ जना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशमा मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

कोरोना भाइरस : यसरी बदलिँदैछ सम्बन्धको संसार

कोरोना भाइरस महामारीपछि विश्वभर मानिसका सम्वन्धमा बदलाव आएका छन्। एउटा भाइरसले विश्वलाई पुरै बदलेको छ। लकडाउनपछि मानिसहरु एउटै छानामुनी रहन बाध्य भए। परिवारमा साथ-साथ लामो समय विताउन थाले। अनी सम्वन्धका तनाब खुलेर बाहिर आउन लागे। साथीहरुसँग धेरै समय विताउने मानिसको उनीहरुसँग दूरी बढ्न थाल्यो।

अर्थमन्त्री भन्छन् : अर्थतन्त्र अझैपनि रिकभरी हुने स्थितिमा छ

अर्थमन्त्री डा. युवराज खतविडाले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रमा भी (ख) सेप रिकभरी हुने स्थिति अझैपनि रहेको बताएका छन्।

छिट्टै बन्न सक्छ कोरोनाविरुद्धकाे भ्याक्सिन

कोरोनाभाइरसको खोप छिट्टै उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले आँकलन गरेको छ। यो वर्षको अन्त्यसम्ममा भाइरसको खोप उपलब्ध हुन सक्ने र ठूलो संख्यामा प्रभावित मानिसहरुलाई बचाउन सकिने विश्वास डब्ल्यूएचओको छ।

बन्दाबन्दीमा मेरो दिनचर्या

कैयौं मान्छे सम्पत्तिका लागि मरिरहेका हुन्थे । सम्पत्ति मात्र ठूलो कुरा रहेनछ । यसले आफ्नो स्वास्थ्य र शरीर नै सबैभन्दा ठूलो रहेछ भन्ने कुरा सिकाएको छ । अहिले काठमाडौं हराभरा भएको छ रे । सफा र स्वच्छ भएको छ रे । धुँवाधुलो हटेको छ रे । कलकारखाना र यातायात नचलेर होला ओजन तह बढिरहेको छ रे ।

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन्।

गुल्मीमा कोरोना संक्रमितको संख्या १ सय ६ पुग्यो

गुल्मीमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा बिहीबार एकै दिन थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्