९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बैतडीमा ६३ जना संक्रमित थपिए

बैतडीमा आज ६३ जनामा कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टिनमा बसी आरडिटी रिपोर्ट पोजिटिभ देखिएकाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको उनले बताए ।  

शुत्रबार थपिएका संक्रमित मध्ये पञ्चेश्वरका १४ जना पुरुष र २ महिलासहित १६ जना, दशरथचन्द नगरपालिकाका ९ जना पुरुष र एक महिलासहित १० जना, शिवनाथ गाउँपालिकाका ९ जना पुरुष र २ जना महिलासहित ११ जना, दोगडाकेदार गाउँपालिकाका ९ जना पुरुष र २ जना महिलासहित ११ जना र सिगास गाउँपालिकाका १० जना पुरुष रहेका छन् । यो संगै बैतडीमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।

प्रकाशित: ५ असार २०७७ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App