१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दाङमा कोरोना परीक्षणको गती बढ्यो

दाङमा कोरोना परीक्षणको दायरा बढेको छ । दाङमा कोरोना परीक्षण हुने एक मात्रै थलो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण मेशिन थप भएसंगै परीक्षणको दायरा बढेको हो । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवका अनुसार अब दिनहुँ एक हजार जनाको स्वाब परीक्षण हुनेछ । यसअघि एउटा मात्रै मेसिन हुँदा परीक्षणको गती निकै सुस्त थियो । ‘एउटा मात्रै मेसिन हुँदा परीक्षणको गती निकै सुस्त बनेको थियो,’ देवले भने, ‘नयाँ थप एउटा मेसिन जडान भएपछि परीक्षणको गती बढेको छ ।’  

साविक राप्तीका पाँच जिल्ला तथा बाँके,बर्दिया, कपिलवस्तु लगाएतका जिल्लाबाट पनि परीक्षणका लागि स्वाब आउने भएकाले एउटा मेशिनले मात्रै परीक्षणको गती बढाउन सकेको थिएन । प्रतिष्ठानले गत वैशाख पहिलो साता देखि कोरोना परीक्षण सुरु गरेको थियो । अहिले सम्म प्रतिष्ठानले ८ हजार बढिको स्वाब परीक्षण गरिसकेको छ । चार हजारको स्वाब परीक्षणको क्रममै रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित: ५ असार २०७७ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App