११ फाल्गुन २०८२ सोमबार
image/svg+xml

धादिङ बस दुर्घटना अपडेट : मृत्यु हुनेमा तीन जना तनहुँका

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।

बस दुर्घटनामा ७ जना घाइते

दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घाइते भएका हुन्।

अल्काराजले जिते कतार ओपन

‘मलाई लाग्छ हरेक प्रतियोगिता पछि, हामीले नयाँ लक्ष्यहरू सेट गर्नुपर्छ। म मेरो टोलीसँग कोर्ट भित्र र बाहिर गरेको सबै कुरामा साँच्चै खुसी र गर्व गर्छु’ उनले खेलपछि भने।

सात महिनामा त्रियुगाको बजेट खर्च ३७ प्रतिशत

नगरपालिकाले चालु वर्ष १ अर्ब ५७ करोड १९ लाख ६५ हजार ७ सय ७३ रुपैयाँको बजेट परिचालन गरिरहेको छ।

स्याङ्जामा नौ उम्मेदवारले खोले बैङ्क खाता

आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका नौ उम्मेदवारले मात्रै हालसम्म बैङ्क खाता खोलेका छन् ।

टी-२० पुरुष विश्वकप : जिम्बावेले वेस्ट इन्डिजको सामना गर्दै

सन् २०२४ को संस्करणको लागि छनोट हुन नसकेको जिम्बावेले पहिलो चरणमा पूर्व विश्व च्याम्पियन अस्ट्रेलिया र श्रीलंकालाई पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सुपर-८ मा पुगेको हो।

प्रतिनिधिसभा निर्वाचन: घरदैलोमा व्यस्त ८३ वर्षीय उम्मेदवार हिरण्यप्रसाद

मेचीनगर–१ गाडागल्ली निवासी भट्टराई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल किसान मजदुर पार्टीको उम्मेदवार छन्।

पोखराबाट पूर्ण क्षमतामा यात्रु बोकेर बस हिडेको थियो

पोखराको राष्ट्रबैंकचोकस्थित पर्यटक बसपार्कबाट बस बेलुकी ७ बजे छुटेको थियो। बसमा ३५ जना यात्रुको नाममा सिट बुकिङ गरिएको थियो। साइका अनुसार ३५ सिट क्षमताको उक्त बसमा क्षमता अनुसार नै यात्रु सवार थिए। बसका चालक र सहचालक समेत गरि ३७ जना पोखराबाट हिडेका थिए।

धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, मृतक संख्या १९ पुग्यो

बसमा चालकसहित ४४ जना सवार थिए जसमा मृत्यु भएका मध्ये ९ जनाको सनाखत भएको छ। जानकारी अनुसार १० जनाको पहिचान खुल्न बाँकी छ। सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्।

धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस आज बिहान १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका भैँसीगौडामा दुर्घटना भएको थियो। उक्त बस त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको छ।

११६ देशलाई पछि पार्दै दक्षिण कोरियामा नेपाली राजदूत सम्मानित

कोरिया कन्जुमर ग्लोबल काउन्सिलद्वारा सियोलमा आयोजित कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङफेसहित पेरु र किर्गिस्तानका राजदूत रहेका छन्।

फागुन २९ मा आउने ‘लालिमा’ फिल्मको दोस्रो टिजर सार्वजनिक

करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरू सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन्।

धादिङ दुर्घटनाप्रति सभापति थापाद्वारा दुःख व्यक्त

सभापति थापाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न संयोजक दाहालको आग्रह

उनले ‘पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको दुःखद् खबरले म अत्यन्त मर्माहत भएको’ बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्