१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।

दर्शनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए। “हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ यहाँ आएका हौं,” उनले भने।

उनले आगामी दिनमा संसदमार्फत हिन्दू राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे। “यही संसदबाट हिन्दू राष्ट्र स्थापना गर्ने हाम्रो अठोट छ,” शाहीले भने।

राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। सोही एजेन्डालाई अघि बढाउँदै सांसदहरू संसद प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।

संसदको सपथअघि गरिएको उक्त धार्मिक भ्रमणलाई राप्रपाले आफ्नो राजनीतिक प्रतिबद्धतासँग जोडेर हेरेको छ।

प्रकाशित: १२ चैत्र २०८२ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App