२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उपत्यकामा आठ जना सहित थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या आठ हजार ६ सय पाँच पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।  

आज थपिएकामध्ये सबैभन्दा धेरै डोटीमा ६१ जनामा पुष्टि भएको छ । त्यस्तै पाल्पाका ३३ जना, नवलपुरका ३२, महोत्तरीका २४, तनहुँका २३, बाग्लुङका २०, बैतडी र गुल्मीका १८ जना, बाँकेका १४, डडेलुधराका १२, सर्लाहीका ९, मोरङ, प्युठान र धादिङका आठरआठ, भक्तपुर, रौतहट र बर्दियाका सात/सात जना, दाङ र बाराका चार/चार जना, रामेछापका तीन, सुनसरी र कैलालीका दुइ/दुइ जना, काठमाडौं झापा, कैलाली, नवलपरासी, रुपन्देही, स्याङ्जा र रुकुम पश्चिमका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: ६ असार २०७७ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App