coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवा र ओखलढुंगाबाहेक सबै जिल्लामा संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

कुन जिल्लामा कति डिस्चार्ज ?

नेपालमा शनिबार मात्र तीन सय ४२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन सय ४२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय १६ पुगेको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा संक्रमण फैलिएको छ । पछिल्लोपटक मुस्ताङमा समेत संक्रमित भेटिएपछि ७५ जिल्लामा कोरोना पुगेको हो । अहिलेसम्म संक्रमित नभेटिएका दुई जिल्ला रसुवा र ओखलढुंगा हुन् ।  

शनिबार डोटीका ६१, पाल्पा ३३, नवलपुर ३२, महोत्तरी २४, तनहुँ २४, बागलुङ २९, बैतडी र गुल्मी १८÷१८, बाँके १४, डडेलुधरा १२, सर्लाही नौ, मोरङ, प्युठान र धादिङमा आठ÷आठजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुर, रौतहट र बर्दियामा सात÷सात, दाङ र बारा चार÷चार, रामेछाप र कैलाली तीन÷तीन, सुनसरी दुई, काठमाडौं, झापा, नवलपरासी, रूपन्देही, स्याङ्जा, मुस्ताङ र रुकुम पश्चिमका एक÷एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म सबैभन्दा बढी रौतहटमा एक हजार एक सय १२ जनामा संक्रमण देखिएको छ । देशका ११ जिल्लामा दुई सयभन्दा बढी संक्रमित फेला परेका छन् । रौतहटपछि क्रमशः दैलेखमा सात सय २५, कपिलवस्तुमा ६ सय ८०, सर्लाहीमा पाँच सय ६२, महोत्तरीमा पाँच सय २४, सुर्खेत दुई सय ९८, दाङमा दुई सय ७३, धनुषामा दुई सय ६०, रूपन्देहीमा दुई सय ५६, बाँकेमा तीन सय ४३ र कैलालीमा दुई सय पाँचजनामा संक्रमण देखिएको छ ।

प्रादेशिक तथ्यांकअनुसार प्रदेश १ का १३ जिल्लामा संक्रमण फैलिएको छ । सोलुखुम्बुमा एक, मोरङ एक सय १५, संखुवासभा दुई, सुनसरी ६२, भोजपुर ६, धनकुटा आठ, झापा एक सय ७९, खोटाङ चार, उदयपुर ५०, तेह्रथुम तीन, पाँचथर तीन, इलाम दुई र ताप्लेजुङमा चार गरी चार सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।  

प्रदेश २ का आठै जिल्लामा संक्रमण फैलिएको छ । सिरहामा ८०, सर्लाही पाँच सय ६६, सप्तरी एक सय ५२, रौतहट एक हजार एक सय १२, महोत्तरी पाँच सय २४, बारा एक सय पाँच, पर्सा एक सय ५८ र धनुषामा दुई सय ६० गरी दुई हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।  

वाग्मती प्रदेशका १२ जिल्लामा संक्रमण फैलिएको छ । सिन्धुलीमा आठ, सिन्धुपाल्चोक २६, मकवानपुर १४, रामेछाप २५, काठमाडौं ४१, ललितपुर पाँच, काभ्रेपाल्चोक ६, चितवन ४३, दोलखा दुई, धादिङ एक सय एक, नुवाकोट १२ र भक्तपुरमा १६ गरी दुई सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।  

गण्डकी प्रदेशका ११ जिल्लामा संक्रमण फैलिएको छ । स्याङ्जामा ७७, बागलुङमा १०४, लमजुङमा एक, म्याग्दीमा तीन, नवलपरासी पूर्वमा एक सय २७, कास्कीमा १५, गोरखामा ४७, पर्वतमा ४३, तनहुँमा ६९ र मनाङ र मुस्ताङमा एक÷एक गरी चार सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का १२ जिल्लामा कपिलवस्तुमा ६ सय ८०, बाँकेमा तीन सय ४३, दाङमा दुई सय ७३, रूपन्देहीमा दुई सय ५६, अर्घाखाँचीमा एक सय ६५, बर्दियामा एक सय ५०, गुल्मीमा एक सय ६८, नवलपरासी पश्चिम ५४, प्युठानमा ७४, पाल्पामा ८९, रोल्पामा ४०, रुकुम पूर्वमा तीन गरी दुई हजार दुई सय ९५ जनामा संक्रमण फैलिएको छ ।  

कर्णाली प्रदेशका १० जिल्लामा संक्रमण फैलिएको छ । दैलेखमा सात सय २५, सुर्खेतमा दुई सय ९८, सल्यानमा एक सय ६५, कालिकोटमा ४२, जुम्लामा २६, जाजरकोटमा आठ, रुकुम पश्चिममा दुई, हुम्ला, मुगु, डोल्पामा एक÷एक गरी एक हजार दुई सय ६९ जनामा संक्रमण देखिएको छ ।  

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा संक्रमण फैलिएको छ । कैलालीमा दुई सय पाँच, डडेलधुरामा एक सय ४४, बैतडीमा एक सय ३८, कञ्चनपुरमा ९४, अछाममा ७२, बाजुरामा ७०, डोटीमा एक सय २४, बझाङमा २०, दार्चुलामा १२ गरी ८६९ जनामा संक्रमण देखिएको छ ।  

कुन जिल्लामा कति डिस्चार्ज ?

पछिल्लो २४ घन्टामा एक सय ७६ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या एक हजार पाँच सय ७८ पुगेको छ ।  

प्रदेश १ का मोरङमा १६, सुनसरी ३०, भोजपुर पाँच, धनकुटा सात, झापा एक सय ३१, खोटाङ चार, उदयपुर ३०, तेह्रथुम दुई, संखुवासभा दुई, पाँचथर एक र ताप्लेजुङमा तीन गरी दुई सय ३२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश २ अन्तर्गत धनुषामा एक सय ३६, पर्सा एक सय १७, बारा ४७, महोत्तरी आठ, रौतहट एक सय ५६, सप्तरी ५०, सर्लाही ५५ र सिरहामा ५२ गरी पाँच सय ८१ जना डिस्चार्ज भएका छन् ।

वाग्मती प्रदेशअन्तर्गत काठमाडौंमा २४, काभ्रेपाल्चोक एक, चितवन आठ, दोलखा दुई, धादिङ तीन, नुवाकोट एक, भक्तपुर पाँच, मकवानपुरमा ११, रामेछाप दुई, ललितपुर एक, सिन्धुलीमा एक गरी ५९ जना डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेश ४ मा नवलपरासीपूर्व ६, कास्की एक, गोरखामा एक, स्याङ्जा तीन, बागलुङमा ६ गरी १७ जना डिस्चार्ज भएका छन् ।

प्रदेश ५ का अर्घाखाँचीमा दुई, कपिलवस्तु ४०, नवलपरासी पश्चिम तीन, बर्दिया तीन, बाँके दुई सय ९७, रूपन्देही ५६, दाङ ४४, गुल्मी तीन, पाल्पा एक, रुकुम पश्चिममा तीन गरी चार सय ५२ जना डिस्चार्ज भएका छन् ।

कर्णाली प्रदेशअन्तर्गत दैलेखमा ३५, जुम्ला २४, कालिकोट २४ मुगु एक, हुम्ला एक, सुर्खेत २९ र सल्यानमा ११ जना गरी एक सय २५ जना डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिम प्रदेशका अछाममा सात, कञ्चनपुर सात, कैलाली ३२, दार्चुला तीन, डोटीमा १०, डडेल्धुरा आठ, बैतडी पाँच गरी ७२ जना डिस्चार्ज भएका छन् ।

कुन जिल्लामा कति मृत्यु ?

कोरोना संक्रमणका कारण प्रदेश २ अन्तर्गत पर्सामा एक, बारामा दुई गरी तीन जनाको मृत्यु भएको छ भने वाग्मती प्रदेशमा चितवन, ललितपुर, सिन्धुपाल्चोक र दोलखामा एक/एक गरी चारजनाको मृत्यु भइसकेको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जामा एकजनाले ज्यान गुमाएक छन् । प्रदेश ५ मा गुल्मी र बाँकेमा दुई/दुई, अर्खाखाँची, कपिलवस्तु, पाल्पामा एक÷एक गरी सातजनाको मृत्यु भएको छ भने कर्णाली प्रदेशमा दैलेख, डोल्पा र सुर्खेतमा एक/एक गरी तीनजनाले ज्यान गइसकेको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीका तीन र बाजुराका एक गरी चार जनाको मृत्यु भएको छ ।  

कुन प्रदेशमा कति ?

प्रदेश           संक्रमित     डिस्चार्ज   मृत्यु  

१                  ४३९          २३२        ०

२                २९५७         ६२१        ३

वाग्मती         २९९          ५९         ४

गण्डकी         ४८८          १७        १

५                  २२९५        ४५२      ७

कर्णाली         १२६९        १२५       ३

सुदूरपश्चिम      ८६९          ७२       ४

जम्मा           ८६१६        १५७८    २२

प्रकाशित: ६ असार २०७७ १८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App