१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

नदीमा नुहाउन गएका २० वर्षीय युवक बेपत्ता

साथीहरूसँग बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता भएका छन्। गुलरिया नगरपालिका–६ का २० वर्षीय सिर्जन पोखरेल बुधबार बबई नदीमा बेपत्ता भएका हुन्।  

गुलरिया नगरपालिका–५ स्थित बबई नदीमा साथीहरूसँग नुहाउन गएको बेला बुधबार साँझ साढे ५ बजे युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए। ‘नुहाउन गएका सात जना मध्ये एक जना युवक बेपत्ता भएका छन्,’ उनले भने, ‘बेपत्ता युवकको सशस्त्र प्रहरीको गोताखोर टोलीद्वारा खोजी कार्य जारी छ।’

प्रकाशित: ११ वैशाख २०८२ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App