९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

प्रमुख प्रशासकीय अधिकृतलाई विराटनगर महानगरले हाजिर हुन नदिने

विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा  सरुवा भएका सहसचिव रामचरित्र मेहेतालाई महानगरपालिकाले हाजिर नगराउने जनाएको छ ।

विराटनगर महानगरपालिकाले आफूहरूको सहमति बिना रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिरी गर्न नदिने बताएको हो ।

विराटनगर महानगरका नगरप्रमुख  नागेश कोइरालाले महानगरपालिकाको सहमति विना संघ सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएकाले महानगरमा हाजिर हुन नदिने स्पष्ट पारे । कोइरालाले आफूहरूले व्यक्तिको विरोध गर्न खोजेको नभए पनि महानगरमा एक खालको वातावरण वनेको र वातावरण बिथोल्ने किसिमको व्यक्ति पठाइ दिँदा समस्या हुने बताए । संघ सरकारले जुन प्रक्रिया मार्फत गरेको काम गलत भएको उनको भनाई छ । कोइरालाले  निर्णय सच्चिएर नआएसम्म प्रमुख प्रशासकीय अधिकृतका रुपमा कसैलाई पनि हाजिर हुन नदिने स्पष्ट पारे  ।

‘सरकारले गरेको निर्णय गलत छ’ उनले भने ‘निर्णय सच्चिएर नआएसम्म कसैलाई पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुन दिँदैनौँ ।’ नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ४७ जना सहसचिवको सरुवा गरेको थियो । जसमा रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । मेहताले इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका वेला उपप्रमुखसँगको  विवादमा जोडिएका थिए ।  

प्रकाशित: ११ वैशाख २०८२ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App