१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अर्थ

बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ ।

बुधबार एकैदिन प्रतितोला सात हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुईहजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित: ११ वैशाख २०८२ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App