१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

ताप्लेजुङबाट ७ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालु आर्थिक बर्ष २०८१/८२ मा ७ वटा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ । प्रशासन कार्यालयले चालु आवको यो अवधिमा ६ वटा गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको पनि प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार चैत महिनामा २ सहित चालु आवमा ७ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको हो । चैत महिनामा गैर आवासीय नेपाली नागरिकता प्रदान भएन । सो भन्दा अघि चालु आवको साउन देखि फागुन मसान्त सम्ममा भने ६ वटा गैर आवासीय नेपाली नागरिकता प्रदान भएको थियो । चालु आवको यो अवधिसम्ममा जन्मको सन्तानलाई वंशजको आधारमा दिइने नागरिकता भने प्रदान नगरिएको प्रशासन कार्यालयले जनाएको छ ।

चैत महिनामा मात्रै ७ वटा हतियारको नवीकरण र एउटा हतियारको नामसारी भएको सहायक प्रजिअ खड्काले जानकारी दिइन् । उनका अनुसार चालु आवमा अहिलेसम्म ८ वटा हतियारको नवीकरण भएको छ । चालु आवमा ६१ वटा नाबालक परिचयपत्र जारी हुँदा चैत महिनामा मात्र १२ वटा नाबालक परिचयपत्र जारी भएको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ । चालु आवमा प्रशासन कार्यालयमा एउटा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । प्रशासन कार्यालयलाई अख्तियार दुरुपयोगसँग सम्बन्धित उजुरी समेत लिने जिम्मेवारी छ । ७४ हजार ६ सय ९२ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा तीमध्ये १ हजार ९ सय ४० जनाले मात्र परिचयपत्र कार्ड बुझेर लगेको प्रशासन कार्यालयले जनाएको छ ।

चैत महिनामा प्रशासन कार्यालयले २ सय ३९ जना सेवाग्राहीको राहदानीको अनलाइन फारम नि:शुल्क भरिदिएको छ भने ५ सय ७२ जनालाई दैनिक रुपमा विभिन्न काममा प्रयोग हुने निवेदन तथा आवश्यक कागजातको नि:शुल्क फोटोकपी उपलब्ध गराइएको समेत प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित: ११ वैशाख २०८२ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App