coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउनका कारण विद्युत चुहावट बढ्यो

कोरोना भाइरसका कारण जारी लकडाउनले विद्युत चुहावट बढेपछि अहिले फेरी त्यसको नियन्त्रणका लागि अभियान चलाइएको छ । नेपाल विद्यत् प्राधिकरण तौलिहवामा वितरण केन्द्रले  गत फागुन महिना भरी अभियान चलाएको थियो । कोरोन भाइरसका कारण जारी लकडाउनले अभियान रोकिएपछि गाउँ गाउँमा फेरी हुकिङ, मिटर बिगारेर लगायत गरी विद्युत चोरी बढेको प्राधिकरणले जनाएको छ ।  

लकडाउन केही खुकुलो भएपछि एक साता यता फेरी गाउँगाउँमा चुहावट अभियान चलाइएको प्राधिकरण तौलिहावाका प्रमखु जयकुमार यादवले बताए । कोरोना भाइरसका कारण कर्मचारीहरु फिल्ममा खटिन नसकेपछि गत चैत यता चुहावट बढेको उनले बताए । अहिले लकडानउ खुलेपछि कर्मचारीहरुलाई चुहावट बढी हुने दक्षिणी क्षेत्र तर्फ परिचालन गरिएको उनले बताए ।  

रातको सयममा हुकिङ गरी चोरी गर्ने गरिएकाले सुराकीका लागि कर्मचारीहरुलाई मोटरसाईलमा पठाउने गरिएको छ । ‘पहिला चोरी गर्ने स्थान र ब्यक्तिको पहिचान गछौ, अनि टोलीलाई त्यहा पठाउने गरेका छौ’ प्रमुख यादवले भने । मायादेबी, यशोधरा र सुद्धोदन गाउँपालिकाका बिभिन्न गाउँहरुमा चुहावट बढी हुने गरेका छन् । पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउँहरुमा संगठितरुमा नै विद्युत चोरी गनै गरिएका छन् । अहिलेको एक साताको अभियानमा नै नौ वटा पानी तान्ने मोटर, बल्डीङ मेशीन, एक थान मिटरसहित २ जनालाई नियन्त्रणमा लिइएको छ ।  

यशोधरा गाउँपालिको रंगपुरमा वल्डीङ मेशीन, २ थान मोटर तथा २ जालाई पक्राउ गरिएको प्रमुख यादवले बताए । पक्राउ गरिएका २ जालाई जरिवाना तिराई छाडिएको छ । यस्तै पर्साहियामा २ वटा मोटर, सिसहीनायमा एक, सेमरौटीमा एक, लोहरपुरामा एक, जुमनीमा एक, बिजुवामा एक तथा तौहिलवाको प्रशासन चोकमा रहेको एक मिटर समेत जफत गरिएको छ । अभियान अन्तरगत नै गत जेठ ३१ गते बलुहवामा चुहावट नियन्त्रणका क्रममा कर्मचारीमाथि दब्र्यवहार गरिएपछि गाउँ नै ब्ल्याक आउट गरिएको थियो । माफी माग्दै जरिवाना तिरेपछि एक दिनपछि लाडन संचालन गरिएको थियो ।  

चुहावट नियन्त्रणका लागि जनप्रतिनिधि, अगुवाहरुलाई आगैह गरिए पनि चासो नदिँदा चुहावट नियन्त्रणमा कठिनाई भएको प्रमसख यादवले बताए । ३ महिनाको लकडाउनले गर्दा चुहावट प्रतिशत समेत बढेको छ । गत वर्ष यही अवधिमा १२ प्रतिशतसम्म चुहावट झारिएकोमा अहिले भने २५ प्रतिशत चुहावट भएको छ । लकडाउनले विद्युत महसुल संकलन समेत घटेकोे छ । लकडाउन अघि मासिक चार करोड बढी संकलन भएकोमा अहिले मासिक सवा कारोडको हाराहारीमा मात्र संकलन भईरहेको छ ।  

उता शिवगढीमा मिटर रिडरलाई समेत कोरोना लागेपछि विद्युतका कर्मचारी समेत डराएकाले काम गर्न गाह्रो परेको विद्युत कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुलाई सुरक्षित तरिकाले फिल्डमा खटाइएको प्रमुख यादवले बताए । 

प्रकाशित: ६ असार २०७७ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App