७ आश्विन २०८१ सोमबार
image/svg+xml

७० जनामा कोरोना संक्रमित थपिँदा ४३१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार तीन हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको स्रोत पत्ता लगाउन चीन पुग्यो डब्लुएचओको टोली

विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमित चीनको वुहानमा फेला परेकाे भनिए पनि अझै यसको स्रोत स्पष्ट भइसकेको छैन ।

भारतमा कोरोना संक्रमण भयावह, एक दिनमै २७ हजार संक्रमित

शनिबार बिहान सार्वजनिक तथ्यांकअनुसार बितेको २४ घण्टामा भारतमा थप २७ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एक दिनमा देखिएको अहिलेसम्मकै बढी संक्रमण दर हो ।

विदेशबाट आएका धरानका चार जनामा कोरोना संक्रमण

वैदेनिक रोजगारीबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका धरानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रसुवामा १० जना कोरोना संक्रमित निको भए, एक जना थपिए

रसुवामा शुक्रबार थप एक जना कोरोना संक्रमित निको हुँदा एक जना थपिएका छन् । शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

अस्पताल आएकामा देखियो बढी संक्रमण

काठमाडौं उपत्यकामा शुक्रबार एकै दिन ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका एकजना छन्। एक सातायता उपत्यकामा संक्रमितको संख्या बढिरहेको तथ्यांकले देखाएको छ।

कपिलवस्तु नगरपालिकाको बजेट १ अर्ब १० करोड, पूर्वाधार र कोरोनालाई प्राथमिकता

सडक पूर्वाधार विकास तथा कोभिड-१९ लाई प्राथमिकता दिँदै कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब १० करोड ३५ लाख ७ हजारको बजेट पेश गरिएको छ ।

शुक्रबार ११८ जना नयाँ कोरोना संक्रमित थपिए, १२० जना डिस्चार्ज भए

शुक्रबार नेपालमा १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा १ सय १८ जना संक्रमित थपिएका हुन् ।

उपत्यकामा शुक्रबार एकै दिन थप ४२ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

एकै दिनमा २४ जनाले जीते कोरोना, आइसोलेसन बेड खाली हुँदै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसन बेड रित्तिन थालेका छन् ।

अर्थतन्त्रमा परेका प्रभावबारे छलफल

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण मुलुकको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा विभिन्न पक्षसँग छलफललाई तीव्र बनाएको छ।

राहत खर्च पारदर्शी गर्न सर्वाेच्चको परमादेश

कोरोना भाइरस (कोभिड–१९) को महामारीमा सरकारले वितरण गरेको राहत रकम पारदर्शी गर्न सर्वाेच्च अदालतले नेपाल सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्धय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले राहत वितरण कसलाई कसरी वितरण गरिएको हो भन्ने सम्बन्धमा स्पष्ट रुपमा सार्वजनिक गर्न आदेश दिएको हो ।

यसवर्षको गुँला पर्व स्थगित

भक्तपुरमा यसवर्षको गुँला पर्व स्थगित भएको छ । यसवर्ष यो पर्व आउँंदो साउन ६ गतेदेखि सुरु हुँदैछ । कोरोना भाइरस रोग संक्रमणको जोखिम न्यूनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुसँंगको बैठकले पर्व स्थगित गरेको हो ।

१०८ जना संक्रमित थपिँदा १३९ डिस्चार्ज

बिहीबार नेपालमा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक सय ३९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । त्यस्तै बिहीबारसम्‍म सात हजार आठ सय ९१ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमित ब्राजिलियन राष्ट्रपतिको उदाहरण दिँदै प्रधानमन्त्री ओलीप्रति गगन थापाको यस्तो व्यंग्य

‘ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे। आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे। अहिले आफैं संक्रमित भएछन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्