coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट आएका धरानका चार जनामा कोरोना संक्रमण

धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टिनस्थल । तस्बिर : नागरिक

वैदेनिक रोजगारीबाट फर्किएर क्वारेन्टिनमा बसिरहेका धरानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबबाट आएका दुई जना र बहराइनबाट आएका दुई जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरु धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टिनमा थिए । 

योसँगै धरानमा १० जना संक्रमित संख्या पुगेको छ । ती मध्ये १ जना मात्र घरमा बसिरहेकी वडा नं १३ की एक महिलामा संक्रमण देखिएको हो । अरु सबै विदेशबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित पुष्टि भएकामध्य बहराइनबाट आएका धरान १३ का ६६ वर्षीय पुरुष र धरान ८ का ३८ वर्षीय पुरुष छन् । यस्तै, साउदीबाट आएका धरान ५ का २६ वर्षीय र धरान ८ का २५ वर्षीय पुरुष छन् । उनीहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाइएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । 

संक्रमितहरुमध्ये बहराइनबाट आएकाहरु २३ गते एन्फा क्वारेन्टिनमा आएका थिए भने साउदीबाट आएका युवाहरु २४ गते धरानको एन्फा क्वारेन्टिनमा आएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिए । संक्रमित चार जनासहित कुल ४२ जनाको असार २४ गते स्वाब संकलन गरिएको थियो । ती मध्ये ४ जनाको मात्र पोजेटिभ रिपोर्ट आएको मेहताले जानकारी दिए । उनका अनुसार रिपोर्ट नेगेटिभ आएका बाँकी सबैलाई डिस्चार्ज गरिएको छ ।

प्रकाशित: २७ असार २०७७ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App