७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रसुवामा १० जना कोरोना संक्रमित निको भए, एक जना थपिए

रसुवामा शुक्रबार थप एक जना कोरोना संक्रमित निको हुँदा एक जना थपिएका छन् । शुक्रबार कालिका गाउँपालिका–३ का २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कालिका हिमालय माविको क्वारेन्टिनमा बसिरहेका उनको यही असार २४ गते स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । 

उनलाई अहिले नीलकण्ठ नमुना माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए । त्यसैगरी शुक्रबार नै उत्तरगया गाउँपालिका–२ की २३ वर्षीया युवती कोरोना जितेर घर फर्किएकी छिन् । 

यही असार १३ गते जिल्लामा पहिलो पटक ९ जना कोरोना संक्रमित फेला परेका थिए । त्यसको केही दिनपछि उत्तरगयाकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू निको भएर डिस्चार्ज भइसकेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङ कोरोना मुक्त भएका छन् । अब ७१ जिल्लामा कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित: २७ असार २०७७ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App