८ वैशाख २०८१ शनिबार
समाज

यसवर्षको गुँला पर्व स्थगित

भक्तपुरमा यसवर्षको गुँला पर्व स्थगित भएको छ । यसवर्ष यो पर्व आउँंदो साउन ६ गतेदेखि सुरु हुँदैछ । कोरोना भाइरस रोग संक्रमणको जोखिम न्यूनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुसँंगको बैठकले पर्व स्थगित गरेको हो ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न विभिन्न गुँला बाजा समूहका सरोकारवालाहरुसँगको बैठकले उक्त निर्णय गरेको हो बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा कोरोना जोखिम बढ्दै गइरहेको र समुदायस्तरमै कोरोना संक्रमितहरु देखिएको अवस्थामा धेरै भीड हुने खालका गतिविधिहरु हुन नदिन आवश्यक पहलकदमी गरिरहेको बताए । 

यसअघि नगरपालिकाले महिनैपिच्छे जस्तो हुने सांस्कृतिक गतिविधिलाई औपचारिक विधि विधानमा मात्र सीमित गर्न आह्वान गरिरहेको थियो । एक महिनासम्म सञ्चालन गरिने गुँला धर्मअन्तर्गत गुँला धलँ एवम् गुँला बाजा परिक्रमालाई यो वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

प्रकाशित: २५ असार २०७७ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App