७ आश्विन २०८१ सोमबार
image/svg+xml

अस्ट्रेलियाको मेलबोर्नमा छ हप्ते लकडाउन शुरु

कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ।

७० लाख ७१ हजार भन्दा बढी व्यक्तिले कोरोनालाई जिते

विश्वभर कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन्।

पोखरेली पर्यटन व्यवसायी पनि साँचो बुझाउने तयारीमा

कोरोना भाइरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन्।

सीमावर्ती क्षेत्रमा संक्रमण जोखिम बढ्दै

कोरोनाको त्रास बढ्दै गएपनि मोरङमा भारतसँगको सीमा क्षेत्रमा ओहोरदोहोर गर्ने क्रम रोकिएको छैन। दुवै देशमा लकडाउन गरी अन्तर्राष्ट्रिय सीमा बन्द भए पनि लुकिछिपी ओहोरदोहोर गर्ने क्रम सीमावर्ती क्षेत्रमा बढ्दो छ।

‘लक्षण नभए पनि कोरोना हुन सक्छ’

‘तपाइँ लकडाउन खुकुलो भयो भनेर आफ्ना साथीहरूसँग बसेर खाना खान सुरु गर्नुभएको छ,’ साथीमा कोरोना संक्रमण छैन भनेर ढुक्क हुनुहुन्छ ? त्यसो हो भने ढुक्क नहुनुहोस् आफ्नै हितैषी साथीलाई लक्षण नभए पनि कोरोना संक्रमण भएको हुन सक्छ। सतर्क हुनुहोस् !’

नेपालमा कोरोना मृत्युदर किन कम ?

स्वास्थ्य क्षेत्रका विज्ञ नेपालमा संक्रमितको तुलनामा धेरै नै कम दरमा मृत्यु हुनु सुखद संयोग मान्छन्। उनीहरु यसको यकिन कारण पत्ता लगाउन थप अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउँछन्।

‘कोरोना जोखिम बढाउने डिएनए नियान्डर्थलको विरासत’

नियान्डर्थलका केही वंशानुगत गुणले उद्विकासमा सहयोग गरेको पाइन्छ। म्याक्स प्लान्क इन्स्टिच्युटका डा. जेबर्ग, डा.पाबो र डा.जेनेट केल्सोको मेमा प्रकाशित एक अध्ययनले एकतिहाइ युरोपेली महिलामा ‘नियान्डर्थल हर्मोन रिसेप्टर’ रहेकोले तिनको प्रजनन शक्ति बढाएको र गर्भपतन घटाएको देखाएको थियो।

हावाबाट कोरोना सर्न सक्नेमा डब्लुएचओ सहमत

विश्व स्वास्थ संगठनले अन्ततः कोरोना भाइरस हावामा तैरिने ससाना कण (एरोसोल) का कारण सर्न सक्ने स्वीकार गरेको छ।

प्रदेश १ मा ४९ जना डिस्चार्ज, १७ संक्रमित थपिए

प्रदेश १ मा बुधबार १७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४९ जना सफल उपचारपछि घर फर्किएका छन् । सामाजिक विकास मन्त्रालयले प्रदेशको ६ जिल्लाका १७ जनालाई कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको जनाएको छ । झापामा ७, मोरङमा ३, सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

रौतहटमा हजार बढीले कोरोना जितेर घर फर्किए

रौतहटको विभिन्न आइसोलेसनबाट सफल्तापुर्वक कोरोना माहामारीलाई जितेर अहिलेसम्म साढे ११ सय जना घर फर्केका छन् ।

कोरोना परीक्षणको शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

सरकारले कोरोना परीक्षणको नाममा शुल्क लिए कारबाहीको चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले स्थानीय तहहरुबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहिको चेतावनी दिए।

उपत्यकामा थपिए २३ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १६ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।

पाँच जिल्लामा कोरोनाको शून्य संक्रमण

नेपालका पाँच जिल्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शून्य संक्रमण भएका जिल्लामा धनकुटा, भोजपुर, सोलुखुम्बु, मस्ताङ र हुम्ला रहेका छन्।

२५५ जना संक्रमित थपिँँदा २५३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २५५ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक २ सय ५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना मुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्