१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमण भयावह, एक दिनमै २७ हजार संक्रमित

फाइल तस्बिर : भारतमा काेराेनाका बिरामी

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संखया ८ लाख नाघेको छ।  

शनिबार बिहान सार्वजनिक तथ्यांकअनुसार बितेको २४ घण्टामा भारतमा थप २७ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एक दिनमा देखिएको अहिलेसम्मकै बढी संक्रमण दर हो ।  

यो जोड्दा भारतमा संक्रमितको कूल संख्या ८ लाख २० हजार ९१६ पुगेको छ । तीमध्ये अहिलेसम्म २२ हजार १२३ जनाको मृत्यु भएको छ । यसमा पछिल्लो एक दिनमा मात्र ५ सय १९ जनाको ज्यान गएको हो ।  

संक्रमितमध्ये अहिलेसम्म ५ लाख १५ हजार ३८६ जना निको भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित: २७ असार २०७७ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App