नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण मुलुकको अर्थतन्त्रमा पारेको प्रभावका विषयमा विभिन्न पक्षसँग छलफललाई तीव्र बनाएको छ।
पार्टी सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा रहेको समितिले नेपालको बैंकिङ क्षेत्रमा परेको प्रभाव तथा अर्थतन्त्रमा कोरोनाले पारेको प्रभावबारे सरोकारवालासँग छलफल गरेको हो।
मौद्रिक नीतिमा कुन कुन कुराहरुले आर्थिक पुनरुत्थान हुन सक्छ भन्ने विषयमा पनि छलफल भएको छ। समितिले बिहीबार नेपाल चेम्बरसँग छलफल गरेको छ। छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्र बैंकको आदेश बैंकहरुले नमानेको, पुनर्कजाको नीति अलि प्रष्ट नभएका धारणा राखे।
पुनः लकडाउनको हल्लाले व्यापारी अझ डराइरहेको बताउँदै उनले भने, ‘स्थानीय निकाय लगायतले कर उठाउँदा ८० प्रतिशतसम्म व्यापारीले कर तिर्नुपर्ने अवस्था आयो, त्यसैले कर प्रणाली एकीकृत हुनुप¥यो।’
समितिले निर्माण व्यवसायीसँग पनि छलफल गरेको छ। अध्यक्ष रवि सिंहसहितको टोलीसँग समितिले छलफल गरेको हो।
प्रकाशित: २६ असार २०७७ ०३:२८ शुक्रबार