coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

तिहार शुभ रहोस्

उज्यालोको पर्व पनि भनिन्छ तिहारलाई। जताततै उज्यालो हुनु, कतै फोहोर रहन नदिनु र फुलैफूलले चातर्फी सजाइनु यो पर्वको अर्को विशेषता हो। खासगरी काटमार नहुनु र मसला, उज्यालो तथा फुलैफूलको साम्राज्यले यो पर्वलाई ढपक्कै छोपेको देखिन्छ।

तिहार आएसँगै सयपत्री फूलको माला किन्नेहरूको भीड

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ।तिहार सुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री वितरण उल्लेख्य रहेको छ । विशेष गरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ।

तिहारमा साँझ ८ बजेदेखि राति १ बजेसम्म महानगर प्रहरीले गस्ती गर्ने

काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ।आज शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरूको महान् पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो।

तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात

विद्युतीय झिलिमिली बत्ती आयात भए अनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन्।

तिहारमा लक्ष्मी-पूजन

दुर्गाका हजार नाममध्ये एउटा लक्ष्मी हो। स्त्रीका चौंसट्ठी कला हुन्छन् भन्ने मानिन्छ। सम्पूर्ण कलाले विभूषित छिन् लक्ष्मी। ‘लक्ष्मी’ शब्दको अर्थ सम्पन्नता, सौभाग्य र सुन्दरता भन्ने हुन्छ।

तिहार, विज्ञान र ब्रेन

ध्यानको महत्त्वलाई बुझेर नै प्राचीन ऋषिमुनिहरूले धर्म र चाडपर्वका माध्यमबाट यसलाई मानिसको दैनिक जीवनमा ल्याएका हुन्। पूजापाठ गर्नु, प्रार्थना गर्नु, भजनकीर्तन गर्नु तथा निधारमा टीका लगाउनुको कारण पनि ध्यान नै हो, मनको प्रशिक्षण हो।

दियाबातीको उल्लासमा मधेस

अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्वका रूपमा लिइने तिहारले मधेसी समाजलाई पनि छपक्कै छोपेको छ। मधेसमा तिहार तीन दिन भव्य रूपमा मनाइन्छ। पहिलो दिन दियाबाती, दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया गरिन्छ।

फ्यानका अध्यक्ष तामाङ भन्छन्ः ८० प्रतिशत माग नेपाली सयपत्रीले धान्छ

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले हरेक वर्ष झै यसवर्ष पनि पुष्प मेलाको आयोजना गर्‍यो।

पहिलोपटक हङकङ पठाइयो ‘सयपत्री र मखमली’

नेपालीहरूको महान् चाड तिहारलाई लक्षित गरी लगाइएको सयपत्री र मखमली फूल चितवनका किसानले हङकङ पठाएका छन्।

तिहारमा पर्यटकलाई स्वागत गर्न तयार 'सौराहा'

पर्यटकलाई ध्यानमा राखेर चितवन राष्ट्रिय निकुञ्ज तिहारको समया पनि खुल्ला रहने भएको छ।

तिहारको रमझम, ‘लेकसाइड’मा छमछम...

चाँडबाँडको चटारो अझै छ। दसैं लागेदेखि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा चमक बढ्न थालेको थियो। त्यो चमक अहिले पनि उत्तिकै छ।

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ।समितिले सयपत्री फूलको मालाको रु एक सय र फूलको प्रतिकिलो रु पाँच सय तय गरेको हो।

पटाखाजन्य पदार्थ नियन्त्रणमा प्रहरीको विशेष निगरानी

तिहारमा भारतबाट अबैधरुपमा भित्रिने पटाखाजन्य पदार्थको नियन्त्रणकालागि प्रहरीले विशेष निगरानी बढाएको हो।

नयाँ दिल्लीमा वायु प्रदूषण भयावह

केही दिनयता भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण भयावह बनेको छ। प्रदूषणका कारण दिल्लीका प्राथमिक विद्यालयहरू तिहारसम्म बन्द गरिएका छन् भने ६ देखि १२ कक्षाका विद्यार्थीलाई सकेसम्म अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ।

तिहारअघि नै झिलिमिली काठमाडौं (तस्बिरसहित)

तिहार आउन अझै १३ दिन बाँकी छ। तर, बजार डुल्दा झिलिमिली देखिन्छ। यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्