१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तिहारमा नागरिकका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौंः काठमाडौं प्रहरी

तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।

दशैंँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम,चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रवन्ध मिलाएको काठमाडौं प्रहरीले जनाएको हो।

 काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे।उनले जथाभावी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पनिआग्रह गरे।उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गहरगहना प्रदर्शन नगर्न समेत अनरोध गरे।

उनले सुरक्षा प्रवन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताए । उनले  सुरक्षा प्रवन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताए। 

उनले काठमाडौंमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसीभैलो खेल्नको लागि कुनै सिमित समय नतोकिएको बताए।उनले प्रहरी र सुरक्षा समितिले काठमाडौमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकि अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे।

उनले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताए। महानगरका प्रमुख बालेन्द्र साहले १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिको भन्ने भनाईप्रति लक्षित गर्दै काटमाडौं प्रहरी प्रमुख खत्रीले राती १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रवन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए । उनले नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताए।

उनले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको बढी नै परिचालन गरिने बताए।उनले भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताए।  

प्रकाशित: २६ कार्तिक २०८० ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App