१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तिहार आएसँगै सयपत्री फूलको माला किन्नेहरूको भीड

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ।तिहार सुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री वितरण उल्लेख्य रहेको छ । विशेष गरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ।

घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ– गाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ । केही वर्ष अघिसम्म मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो।तर पछिल्लो वर्षहरूमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ। मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ।  

प्रकाशित: २५ कार्तिक २०८० १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App