६ आश्विन २०८१ आइतबार
image/svg+xml

पहिरोमा बेपत्ताका आफन्तले किरिया गर्न थाले

घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरू भेटिने सम्भावना नरहेपछि बेपत्ताका आफन्तले काजकिरिया गर्न थालेका छन् ।

सास कि लास पाउने कहिले ?

विस्तुत शान्ति सम्झौता कार्यान्वयन र मेलम्चीको पानी एकादेशको कथा भए। हामी कथा श्रवण गर्ने लाटा स्रोता भयौँ। कथाकारले मिसन, कमिसन, भिजन, प्रमोसन र एक्जिबिसन के के हो गर्दै आए, हामी झुटो कथा हो भन्ने जान्दै टाउको हल्लाउँदै सुन्दै आयौँ। अझै कति सन्नुपर्ने हो समयले बताउला।

सावा खोलामा माछा मार्न गएका दुई जना बेपत्ता

ताप्लेजुङको श्रीगंगा ७ लुम्लास्थित सावाखोलामा माछा मार्न गएका दुई जना खोलाले बगाएर बेपत्ता भएका छन्। शनिवार साँझ पाँच बजेतिर खोलामा माछा मार्न गएका सितिङवा ७ सुरङछिमका ३२ वर्षीय सुर्यमान लिम्बू र ३६ वर्षीय सूर्य लिम्बू बेपत्ता भएका हुन्।

बागलुङ बाढी अपडेटः १० जनाको शव फेला, ४१ बेपत्ता

वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बेपत्ताको सङ्ख्या अझ बढ्न सक्ने अनुमान प्रहरीको छ।

न्यायमाथिको राजनीति

केपीशर्मा ओली नेतृत्वको एमालेसँग सम्मिलित सरकारमाथि संक्रमणकालीन न्याय संबोधन गर्न नसकेको प्रमुख कारण देखाएर कांग्रेसको सहयोगमा अविश्वासको प्रस्तावबाट माओवादीले सरकार ढाल्यो जबकि तत्कालीन ओली सरकारले सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मापदण्डसमेतलाई ध्यानमा राखेर सत्य तथा बेपत्तासम्बन्धी ऐन संशोधन प्रस्ताव अघि सारेको थियो।

आज अन्तर्राष्ट्रिय बेपत्ता दिवस

आज (आइतबार) १०औं अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइँदैछ। नेपालमा पनि बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्ध अनलाइनमार्फत विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको सन्दर्भ पारेर शनिबार पीडितको भोगाइ समेटेर बेपत्ता पारिएका व्यक्ति तथा परिवारजनमा प्रतिनिधिमूलक ‘नफर्किएका पाइला’ वृत्तचित्र अनलाइनमार्फत प्रदर्शन गरिएको थियो।

बेपत्ताका परिवार भन्छन् : आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्

बढैयाताल गाउँपालिका–५ जगतिया गाउँकि मगन्ती थारुको जीवन यापन गर्न कुनै सपना थिएन । छोरी र दुईवटा छोरा जेनतेन उच्च शिक्षा हासिल गराउँने योजना बुनेकी उनको जीवन पीडामा गुज्रिरहेको छ । २०५८ साल मंसिर २७ गते बाट उनको कालरात्री शुरु भएको उनी सम्झिन्छन्।

अछाममा खोलाले बजार नै बगायो, दुई दर्जनभन्दा बढी बेपत्ता

अछामको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने सैनी बजार बगाउँदा दुई दर्जन स्थानीय बेपत्ता भएका छन्।

राजनीतिले सिन्दुरसँगै खुसी पनि खोस्यो

‘मान्छेले गर्ने काम पैसाले गर्दैन रैछ, तै पनि गर्भको छोरा र बुढाबुढी बनेका सासु ससुराको मुख हेरेर बसे ।’ १९ वर्षको उमेरमा सेनाको गोलीबाट श्रीमान गुमाएकी पूर्वी रोल्पाकी ३९ वर्षीया गौरी (नाम परिवर्तन)ले आफ्नो योवनावस्था देश र परिवारका लागि कुर्बान गरिन् ।

बेरुत विस्फोट : मृतकको संख्या १५० पुग्यो, ६० जना अझै बेपत्ता

विस्फोटपछि ३ लाखभन्दा बढी स्थानीय विस्थापित भएका छन् भने त्यही रहेकाहरू त्रसित अवस्थामा छन् । शक्तिशाली विस्फोटका कारण उनीहरू घरबारविहीन भएको अधिकारीले जनाएका छन् ।

सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिम : तीन सातामा १८ को मृत्यु, २० बेपत्ता

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा सोमबार एकै दिन १० जनाको मृत्यु भयो। मेलम्ची नगरपालिका–११ को मेलम्ची बजारमा माथिबाट खसेको पहिरोले टहरो पुर्दा त्यहाँ सुतिरहेका आठ जनाको ज्यान गयो। एकलाई घाइते अस्पतालमा जीवितै उद्धार गरियो। भारतीय नागरिक उनको राजधानीको ट्रमा सेन्टरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उनीहरु सबै मजदुर हुन्।

पौडी खेल्ने क्रममा सेतीले बगाउँदा युवक बेपत्ता

पौडी खेल्ने क्रममा सेती नदिले बगाएर एक युवक वेपत्ता भएका छन् । साथीहरूसंग पौडी खेल्ने क्रममा व्यास नगरपालिका–५ पाटनबाट युवक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गुल्मीको रुरुमा पहिरोले घर पुर्दा एकको मृत्यु ३ बेपत्ता

शुक्रबार साँझ गुल्मीको रुरु गाँउपालिका ५ मा पहिरोले घर बगाउदा एकै परिवारका ४ जना पुरीएका छन्। रुरु ५ आटिपाटा स्थित बिना माझीको घर करिब ८ बजेतिर पहिरोले पुरेको थियो ।

तिनाउले बगाउँदा दुई जना बेपत्ता

रुपन्देहीमा शुक्रबार तिनाउ नदिले दुई जनालाई बगाएको छ । बुटवल उपमहानगरपालिका ११ झोलुगे पुलका १९ वर्षे हरि दर्जीलाई दिउँसो तिनाउ नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । त्यस्तै तिनाउनमा किनारमा पौडी खेल्न भनेर गएकी सियारी ३ जगहताकी ६ वर्षीय ज्योती चौधरीलाई पनि भैसाखादरबाट खोलाले बगाएको छ ।

बाढीमा बेपत्ता शाहीको शव भेटियो

बाढीमा बगेर बेपत्ता थप एक व्यक्तिको शव भेटिएको छ। बेपत्ता भजनी नगरपालिका–८ काँडाका ४२ वर्षका इश्वर शाहीको शव आज बिहान साढे आठ बजेतिर भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्