६ आश्विन २०८१ आइतबार
image/svg+xml

पहिरोमा पुरिएर एक जना बेपत्ता

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । आइतबार बेलुका निर्माणाधिन सडकमा हिँडिरहेका नरहरिनाथ गाउँपालिका–८ का १६ वर्षीय पारस भण्डारा पहिरोमा परेर बेपत्ता भएका हुन् ।

रातु खोलाले बगाएर एक जना बेपत्ता

महोत्तरीको रातु खोलामा आएको बाढीले बगाएर एक जना पुरुष बेपत्ता भएका छन् । महोत्तरीको भंगाहा नगरपालिका–६ का ४० वर्षीय वीरेन्द्र कापर साइकलसहित खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएको महोत्तरी प्रहरी प्रमुख एसपी टिका केसीले जानकारी दिए ।

पाँच महिनादेखि बेपत्ता शिवरामको साथीबाटै हत्या

पाँच महिनाअघि सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका बराहताल गाउँपालिका–१ का शिवराम रानालाई उनकै साथीहरुले हत्या गरेको खुलेको छ ।

बेपत्ता इञ्जिनीयरको शव फेला

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।

पौडी खेल्न जाँदा बेपत्ता

रुकुम (पूर्व)मा दहमा डुबेर एक जना बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ मा रहेको गुप्ता दहमा डुबेर लजिम बुढा बेपत्ता भएका हुन् ।

थप एक जनाकाे शव भेटियो, एक जना अझै बेपत्ता

सोमबारको पहिरोले पुरेर बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिएका छन् । मंगलबार विहानैदेखि खोजी गर्ने क्रममा हराइरहेका व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम भुजेल मृत अवस्थामा भेटिएका हुन् ।

संखुवासभामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता

तीन दिन यता भइरहेको अविरल बर्षाका कारण संखुवासभा जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।

म्याग्दीमा बाढीपहिरोमा २७ जनाको मृत्यु, चारजना अझै बेपत्ता

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म २६ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता भएकामध्ये १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन्।

गण्डकी प्रदेशमा बाढिको वितण्डा : ११ जनाले ज्यान गुमाए, ३० बेपत्ता

अविरल वर्षापछिको पहिरोले जनधनको व्यापक क्षति गरेको छ । पहिरोले घर पुरिँदा गण्डकी प्रदेशका तीनवटा जिल्लामा ११ जनाको ज्यान गएको र ३० जना बेपत्ता छन भने केहीँ घाईते भएका छन् । डुबानको चपेटामा परेका धैरै बासिन्दा बिस्थापित भएका छन् । केही गाउँले उद्धारको पर्खाइमा छन् । बस्तुभाउदेखि खेतीयोग्य जग्गा, घरगोठ, पशुपंक्षीको पनि क्षति पुगेको छ ।

खोलामा डुबेर दुई बेपत्ता

नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन्। जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीनमध्ये दुई जना खोलामा डुबेका हुन्।

पहिरोले घर बगाउँदा एकको मृत्यु, ११ जना बेपत्ता

अविरल बर्षाका कारण जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की टोलमा बिहीबार राति आएको पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ११ बेपत्ता छन् ।

सिन्धुपाल्चोकमा बाढी, पहिरोको बितण्डा : यी हुन् मृतक, घाइते र बेपत्ता (नामसहित)

सिन्धुपाल्चोक बाढी, पहिरो घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान भएको छ । स्थानीय खोला, खोल्सीको बाढी पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन् ।

बेपत्ता भएकी बालिकाको शव खेतमा भेटियो

जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थामा मृत अवस्थामा एक बालिकाको शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता भएकी ११ वर्षीय कञ्चन पन्जियारको दुधमती नदी किनारमा अर्धनग्न अवस्थामा शव फेला परेको हो ।

कङ्काल सञ्चारकर्मी तेजुको भएको पुष्टि

बूढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कङ्काल दुई वर्ष अगाडि बेपत्ता भएका सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्