५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

संखुवासभामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता

तीन दिन यता भइरहेको अविरल बर्षाका कारण संखुवासभा जिल्लाको सिलोङचोङ गाउँपालिकामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । सिसुवाखोला बेसिन्दामा गएराति गएको पहिरोले ८ घर बगाउँदा ११ जना पहिरोमा परेर बेपत्ता भएका हुन् । 

निरन्तरको बर्षाका कारण राति २ बजेतिर पहिरो गएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । घटनास्थान तर्फ उद्धारका लागि सुरक्षाकर्मीको टोली गए पनि बर्षाका कारण पुग्न कठिनाई भइरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलको थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रशासनले जनाएको छ । अहिले पनि निरन्तर बर्षा भइरहेका कारण पहिरो जान नरोकिएको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित: २८ असार २०७७ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App