४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पौडी खेल्न जाँदा बेपत्ता

रुकुम (पूर्व)मा दहमा डुबेर एक जना बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ मा रहेको गुप्ता दहमा डुबेर लजिम बुढा बेपत्ता भएका हुन् ।

भैँसीखर्क गएका १८ वर्षीय बुढा आज पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर बुढाले जानकारी दिए । बर्खाका समयमा लेकतिर गाईभैँसी लिएर खर्क जाने प्रचलन छ । वडा नम्बर १  भट्टेचौरबासी उनी गुप्ता दहको खर्कमा भैँसी चराउन गएका थिए । वडाध्यक्ष बुढाका अनुसार पौडी खेल्न गएकामध्ये सिर्जन बुढा बाँच्न सफल भएको तर लजिम डुबेर बेपत्ता भएका छन् ।

अहिले स्थानीयवासीले लजिमको खोजी गरिरहेका छन् भने प्रहरीलाई पनि खबर गरिएको अध्यक्ष बुढाले बताए । सडक सुविधा नभएको उक्त ठाउँमा जिल्ला सदरमुकाम रुकुमकोटबाट जान हिँडेर दुई दिन लाग्छ ।

प्रकाशित: ३१ असार २०७७ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App