८ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रविधि

टर्कीद्वारा पहिलो क्वान्टम कम्प्युटर सञ्चालन

टर्कीको पहिलो क्वान्टम कम्प्युटर सञ्चालनमा आएको छ। टर्कीका उपराष्ट्रपति सेभदेत यिलमाजकाअनुसार अंकाराको टुब युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड टेक्नोलोजीद्वारा विकसित कम्प्युटर बिहीवारबाट सञ्चालनमा ल्याइएको हो।

क्वान्टम कम्प्युटरले क्रिप्टोग्राफी, आर्टिफिसियल इन्टेलिजेन्स, रक्षा उद्योग र सामग्री विज्ञान जस्ता धेरै क्षेत्रमा कम्प्युटिङ टेक्नोलोजीहरूमा टर्कीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य राखेको छ। 

टर्कीले युवा अनुसन्धानकर्ताहरूलाई समर्थन गर्ने र स्वदेशी हार्डवेयर र कम्पोनेन्टहरूको विकासलाई प्रोत्साहन गर्ने र क्वान्टम इकोसिस्टम सिर्जना गर्न पनि कदम चालिरहेको छ। सिन्ह्वा

प्रकाशित: ७ मंसिर २०८१ ११:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App