२६ असार २०८२ बिहीबार
image/svg+xml

सबै सङ्घीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परिक्षण अनिवार्य

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपकरण व्यवस्थापनमा चासो देखाउँदै बिग्रिएका उपकरणको जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएका थिए।

रास्वपा अहिले प्रचण्ड पथमा छ: पूर्ण बस्नेत

बस्नेतले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गरेको अभियानमा कानुनी पक्ष भन्दा पनि राजनीतिक पक्षधरता र भावनामा बहकिएर कलाकारहरुले हस्ताक्षर गर्ने गरेको बताएका हुन् ।

कैलाश मानसरोवर जाने वैकल्पिक रुटः कोरला नाकाबाट सहजै कैलाश

पर्यटन क्षेत्रका जानकारहरुका अनुसार यो समय कैलाश मानसरोवर जाने उपयुक्त हो। तर, अहिले आउजाउ सहज छैन। कतिपय पर्यटन व्यावसायीले रसुवा हुँदै आउजाउ रोकिएको यो बेला मुस्ताङको कोरला नाका हुँदै पर्यटकलाई आउजाउ गराउन सक्ने हो भने त्यसले गण्डकी प्रदेशको पर्यटनमा सकारात्मक प्रभाव पार्ने पनि बताउँछन।

सुठौली भन्सार कार्यालयमा धर्मकाटा निर्माण

भन्सार कार्यालयको परिसरभित्रै निर्माण गरिएको धर्मकाटाले सय टन क्षमताको मालवाहक सवारी साधनको तौल गर्न सक्ने सुठौली भन्सार कार्यालयका प्रमुख नारायण गैरेले बताए ।

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे।

मधेस प्रदेशको बजेट त्रुटिबारे छानबिन गर्न कार्यदल गठन

सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा भएको गठन भएको समितिमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका मन्त्रीको सहभागिता रहेको जनाइएको छ ।

प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय आवश्यकः मन्त्री खड्का

मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले मन्त्रालयभित्रको विपद्को कामलाई एकीकृत ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताए।

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो ।

म्याग्दी पहिरोमा बेपत्ता बालकको शव भेटियो

म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ।

कोइराला–चौधरीको त्यो नोकझोक र यो कारबाही

शेखर समूहले अहिलेको कारबाहीलाई अरबपति व्यवसायी समेत रहेका कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीसँग जोड्न खोजिरहेका छन्।

भक्तपुरको सूर्यविनायकमा ५० हजार क्षमताको रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री ओलीले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

‘वातावरणीय असन्तुलन सबैका लागि चिन्ताको विषय’

मौसमको प्रतिकूलता र वातावरणीय असन्तुलनले प्राकृतिक प्रकोप बढ्ने खतरा रहेको बताउँदै उनले चुरे संरक्षणमा तीनै तहका सरकारको साझा प्रयासको आवश्यकता औँल्याए।

प्रतिपक्षी बेञ्चमा बसिसकेको नागरिक उन्मुक्ति किन सरकारमै?

संरक्षक रेशम चौधरीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका सत्तासीन दल नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे।

कोशी प्रदेशको तथ्यांकीय रूपरेखा पुस्तक सार्वजनिक

कार्यक्रममा कोशी प्रदेश योजना आयोगमा उपाध्यक्ष डा राजेन्द्र अधिकारी र तथ्याङ्क समन्वय कार्यालय मोरङका तथ्याङ्क समन्वय अधिकारी सुवास अधिकारीले पुस्तकको लोकार्पण गरे।

पाटनमा भेडा गोठालालाई चट्याङकै डर

यस्तै यहीँ असार २३ गते जुम्लाको गुठिचौर गाउँपालिका-५ धौलीगाडको ठूलो हाँका पाटनमा चट्याङ पर्दा १ सय ९७ भेडा मरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्