२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रातु खोलाले बगाएर एक जना बेपत्ता

महोत्तरीको रातु खोलामा आएको बाढीले बगाएर एक जना पुरुष बेपत्ता भएका छन् । महोत्तरीको भंगाहा नगरपालिका–६ का ४० वर्षीय वीरेन्द्र कापर साइकलसहित खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएको महोत्तरी प्रहरी प्रमुख एसपी टिका केसीले जानकारी दिए ।

जनकपुरबाट साईकलमा भगाहा(घर) फर्किने क्रममा उनलाई महोत्तरीको बलुवा नगरपालिका–११ स्थित रातु खोलाको बाढीले बगाएको हो । बिहान साढे १० बजेदेखि सुरक्षाकर्मीको खोजतलास टोलीले खोजी गरिरहेपनि हालसम्म शव बरामद नभएको एसपी केसीले बताए । निरन्तरको बर्षाका कारण रातु खोला, भप्सी खोलामा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले सचेत रहन स्थानीयवासीलाई सतर्क गराएको छ ।

प्रकाशित: ६ श्रावण २०७७ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App