६ आश्विन २०८१ आइतबार
image/svg+xml

तमोर नदिले बगाएर दुई बेपत्ता

तेह्थुमको आठराई गाउँपालिका–५ मा पर्ने प्याङ्गे दोभानबाट तमोर नदिले बगाएर दुई जना बेपत्ता भएका छन् । आठराई गाउँपालिका–५ होडाका १५ वर्षिय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ जुकेटारका १८ वर्षिय रन्जीत शेर्पालाई तमोरले बगाएको इलाका प्रहरी कार्यालय सक्रान्तीले जानकारी दिएको छ ।

पर्वतमा पहिरोले पुरिँदा दुईको मृत्यु, सात जना बेपत्ता

लगातारको वर्षापछि आएको पहिरोले घर पुरिँदा पर्वतमा दुई जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता भएका छन्। कुश्मा नगरपालिका–३ दुर्लुङमा स्थानीयका दुई घर पुरिँदा दुइ जनाको मृत्यु भएको हो भने सात जना बेपत्ता भएका हुन्।

फेरि सुरु भयो ढलबाट मानिस मर्ने क्रम

बर्षायामसँंगै ढलमा खसेर अनाहकमा मानिसको ज्यान जाने क्रम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सुरु भएको छ । बुधबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवी घलाँंटेमा ढलमा खसेर एक जना मानिस बेपत्ता भएका छन् ।

भक्तपुरमा ढलले बगाएर एक जना वेपत्ता

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा बुधबार परेको भीषण बर्षासँंगै आएको बाढीबाट एकजना टक चालकलाई ढल (मिनहोल वा ढ्वांग) बाट बगाएर बेपत्ता भएका छन् ।

साता दिनदेखि बेपत्ता प्रधानाध्यापक मृत फेला

एक सातादेखि बेपत्ता एक प्रधानाध्यापक मंगलबार जंगलमा विहान मृत भेटिएका छन् । गत ७ गते देरैदेखि बेपत्ता भएका त्रियुगा नगरपालिका १२ बोटेटोलका स्थायी बासिन्दा ५७ वर्षीय ज्ञानबहादुर श्रेष्ठ त्रियुगा १३ स्थित भुसुने सामुदायिक वन उपभोक्ता समूहको जंगलमा मृत भेटिएका हुन् ।

बुहारी ल्याउला भनेको, छोराको शव आयो

जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिवार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन् । छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन् । तर छोराले बुहारी ल्याउने अपेक्षामा विक परिवारमा एकाएक बज्रपात भयो ।

चार दिनअघि बेपत्ता युवक मृत फेला

गत मंगलबारबाट बेपत्ता भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ का युवक ४ दिनपछि मृत फेला परेका छन्।

त्रिशुलीमा माछा मार्न गएका दुई जना बेपत्ता

त्रिशुली र मस्र्याङ्दी नदीले बगाएर दुई जना आईतबार बेपत्ता भएका छन्। गण्डकी गाउँपालिका–१ पाङ्खोलाका १४ वर्षीय बिकास चेपाङ माछा मार्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए। बेपत्ता बालक आफ्ना बाबु सँग माछा मार्न गएका थिए।

कोसी ब्यारेज क्वारेन्टाइनबाट १९ भारतीय तीन दिनदेखि बेपत्ता

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसी ब्यारेजस्थित एक क्वारेन्टाइनमा पछिल्लो दुई सातादेखि बस्दै आएका मध्यै १९ जना भारतीय नागरिक पछिल्लो तीन दिनदेखि बेपत्ता रहेका छन् । बुधबार मध्य रातिबाटै ती १९ जना भारतीयहरु बेपत्ता रहेको सँगै बस्दै आएकाहरुले बताएका छन् ।

हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा

नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ।

काम छाडेर भागेका व्यक्ति ११ दिनपछि भेटिए

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउन भएपछि काम छाडेर भागेका एक व्यक्ति ११ दिन पछि भेटिएका छन्।

लकडाउनको समयमा काम छाडेर भागेका व्यक्ति बेपत्ता

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउन भएपछि काम छाडेर भागेका एक जना बेपत्ता भएका छन् । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) मा कार्यरत सिन्धुपाल्चोकका सुरज लामा बेपत्ता भएका हुन् ।

क्वारेन्टाइन सुरक्षार्थ खटिएका सशस्त्रका असई भेरीमा बेपत्ता

गुर्भाकोट नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक भुपाल कार्की भेरी नदीमा बेपत्ता भएका छन् । शुक्रबार बेलुका साढे चार बजेतिर क्वारेन्टाइन नजिकै भेरीमा नुहाउन गएका कार्की डुबेर बेपत्ता भएका हुन् ।

हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ।

पौडी खेल्न गएका दुई डुबेर बेपत्ता

तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्