६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनको समयमा काम छाडेर भागेका व्यक्ति बेपत्ता

रसुवा- विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउन भएपछि काम छाडेर भागेका एक जना बेपत्ता भएका छन् । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको निर्माण गरिरहेको चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) मा कार्यरत सिन्धुपाल्चोकका सुरज लामा बेपत्ता भएका हुन् ।

यही बैशाख ६ गते कम्पनीलाई जानकारी नदिई उनी घर हिँडेका थिए । उनी त्यहाँ केही महिनाअघि स्थापना भएको कम्पनीको मेसमा कुकको रूपमा कार्यरत थिए । कम्पनीका अनुसार उनी गोसाइँकुण्डको बाटो हुँदै घर गएको खुलेको छ । बैशाख ६ गते दिउँसोसम्म परिवारको सम्पर्कमा रहेका उनको त्यसयता परिवारसँग सम्पर्क भएको छैन ।लामो समय परिवारसँग सम्पर्क टुटेपछि शुक्रबार बेलुकी कम्पनीसँग कुरा भएपछि मात्र उनको खोजी गरिएको थियो ।

प्रकाशित: १३ वैशाख २०७७ ०७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App