२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तमोर नदिले बगाएर दुई बेपत्ता

तेह्थुमको आठराई गाउँपालिका–५ मा पर्ने प्याङ्गे दोभानबाट तमोर नदिले बगाएर दुई जना बेपत्ता भएका छन् । आठराई गाउँपालिका–५ होडाका १५ वर्षिय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ जुकेटारका १८ वर्षिय रन्जीत शेर्पालाई तमोरले बगाएको इलाका प्रहरी कार्यालय सक्रान्तीले जानकारी दिएको छ ।  

उनीहरुको खोजी कार्य तीव्र बनाइएको प्रहरी इक्सपेक्टर शेषकराम थान्दारले जानकारी दिए । आप टिप्न ५–६ जनाको टोली बनाएर गएकाहरु खोलामा पौडी खेल्न गएको खुल्न आएको थान्दारले बताए । शेर्पालाई  खोलाले बगाएपछि निकाल्न जादा तामाङलाई समेत बगाएको बताइएको छ । शेर्पामा केहिदिन अघि अघि आफन्तकोमा पाहुना आएका थिए ।  

पानीपरेसँगै तमोर नदिको बहाब निक्कै बढेको छ । ताप्लेजुङ, पाँचथर, तेह्थुम, धनकुटा हुँदै बग्ने तमोर नदिले यो क्षेत्रमा  बर्षेनी बगाएर बेपत्ता पार्ने गरेको छ । 

प्रकाशित: ९ असार २०७७ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App