चिसो मौसम सुरु बढेसँगै भेडालाई औल झार्न थालिएको छ। गर्मी मौसममा उच्च हिमाली भेगमा चरिचरणमा रहेका भेडालाई जाडो बढेसँगै तल्लो भेगतिर झार्न थालिएको हो।
जुम्ला लगायत हिमाली भेगमा ठूलो संख्यामा पालिने भेडाहरुलाई गर्मी मौसममा हिमाली क्षेत्र र जाडो मौसममा ओैल झार्ने चलन छ।हरेक वर्ष मंसिर महिना ओैल झारेर वैशाख अन्तिम सम्मभित्र ल्याउने गरिन्छ।चिसो बढेसंगै जुम्ला ग्रामीण क्षेत्रका एकैचोटी अधिकांश भेडाहरु औल झारिएको भेडा किसान बताउँछन्।
जुम्लाको सिंजा,हिमा, कनकासुन्दरी लगायत अन्य क्षेत्रका समुदायहरुले पुस्तौं अघिदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य पालन जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसम अनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने भेडा किसान नरबहादुर बुढाले बताए।
५ सय भेडाको गोठ नै झार्दै गरेका भेडाहरु उनले भने, भेडाको ऊनबाट राडी–पाखी बनाइन्छ। ‘लेकमा रहँदै भेडाबाट ऊन निकाल्छौँ,’ उनले भने, ‘औलमा झर्दा भेडालाई न्यानो हुन्छ भनेर हामीले लेकमा नै ऊन निकाल्ने गरेका छौं।’
उनका अनुसार ऊनबाट पनि मनग्य आम्दानी हुने गरेको छ।अन्य व्यवसायको तुलनमा भेडापालन निकै चुनौतीपूर्ण व्यवसाय हो। ‘कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाइँदैन,’ अर्का किरण बुढाले भने।
भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भएपनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाउने हुँदा यो पेसा नै संकटमा पर्दै जान थालेको उनको भनाई छ।’
सामान्यतया एउटा भेडापालक किसानले वर्षमा ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । भेडा र ऊन बिक्रीबाट आम्दानी हुन्छ। किरणका अनुसार चिसो मौसममा तराईसम्म भेडा लाने र फेरि गर्मी सुुरु भएपछि क्रमश: फर्काइने बताए । ‘भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रम अनुसार गोठ स्थानान्तरण गरिरहनु पर्छ,’ उनले भने।
भेडा चढ्ने लेकमा चिसो बढ्दै जाँदा गोठाला बथानसहित औल झर्छन्।गोठालाहरु आफ्नो परिवार, भेडा र कुकुरसँगै लिएर औल झरेका छन् । मंसिर पहिलो साता भेडा औल झार्न हिँडेका उनीहरू वैशाखमा मात्रै फर्किन्छ।’ हिउँदमा जुम्ला लगायतका कर्णालीमा ठाउँ चरन क्षेत्र (पाटनहरु)हिउँले ढाकेका हुन्छन्।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जुम्लामा ८८ हजार भेडाहरु छन् । भने ४६ हजार तीन सय ६ बाख्रा छन्। ६९ हजार हेक्टर चरन क्षेत्र छ।
प्रकाशित: १० मंसिर २०८१ ०८:४७ सोमबार