जुम्ला प्रतिष्ठानमा ताला, दुई हप्तादेखि पठनपाठन प्रभावित
शिक्षक र कर्मचारीहरूले बढुवाको माग गर्दै प्रतिष्ठानको शैक्षिक भवन र प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्।
शिक्षक र कर्मचारीहरूले बढुवाको माग गर्दै प्रतिष्ठानको शैक्षिक भवन र प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन्।
अत्यन्त दुर्गम स्थानका रूपमा चिनिने पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै, यहाँका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानका बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्।
कर्णाली क्षेत्रको दुर्लभ वन्यजन्तु रेडपाण्डालाई जोगाउन र वन्यजन्तुको अवैध शिकार रोक्न, जडीबुटीको चोरी नियन्त्रण गर्न, र जंगलको सुरक्षा गर्ने उद्देश्यले ८ जना व्यक्तिलाई यो जिम्मेवारी दिइएको छ।
जुम्लामा ८८ हजार भेडाहरु छन् । भने ४६ हजार तीन सय ६ बाख्रा छन्। ६९ हजार हेक्टर चरन क्षेत्र छ।
गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र साक्षर जिल्ला घोषणा हुने बताए।
तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड रुपैयाँ बराबरको सिमी उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो।
तिला गाउँपालिकामा १ देखि ९ सम्मका वडाहरू छन्। शिक्षा शाखा प्रमुख झनमाया खत्रीका अनुसार कुल जनसंख्या १४,५३९ रहेकोमा १५ देखि ६० वर्ष उमेर समूहका ८ सय ६७ जना निरक्षर भएकोमा ८ सय २७ जना साक्षर बनाइएको छ।
जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
सामाजिक कार्यहरूको क्षेत्रमा विभिन्न सेवा कार्यक्रमहरू सञ्चालन गरिने छन्, जसमा अल्पकालिक आश्रय सेवा केन्द्र, ज्येष्ठ नागरिक संघको व्यवस्थापन, लागुऔषध दुर्व्यसन रोकथामका लागि सचेतनामूलक कार्यक्रम, बालबालिकालाई सहयोग, छोरी–बुहारी र अपाङ्ग छात्रवृत्ति वितरणका कार्यक्रमहरू रहेका छन्।
गाउँमै हाडजोर्नी सम्बन्धि विशेषज्ञ सेवा पुगेपछि सिंजा गाउँपालिका-५ र ६ का स्थानीय खुशी भएका छन् ।
देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनसमुदायले एकतावद्ध भएर प्रतिरोध गर्नुको विकल्प नभएको भन्दै नागरिक जागरुकताका लागि सभा गर्नुपरेको माओवादीको भनाइ छ।
विकटताका कारण घण्टौं हिँडेर बिरामीलाई स्वास्थ्य संस्था पुर्याउनु पर्ने भएकाले सहजताका लागि स्टेचर दिइएको हो
जुम्लामा आयोजित खुला फुटबल प्रतियोगिताको उपाधि तिला गाउँपालिकाको कुँडारी देउति कैलाश यूवा क्लबले हात पारेको छ।
बाढी जानुपूर्व त्यो विद्यालयमा ७ सय ८० जना विद्यार्थी थिए।अहिले ५ सय ६० जना मात्र विद्यार्थी नियमित आउछन्।