न्युजिल्याण्डमा नेपथ्य गुञ्जियो: आदिवासी भूमिमा चल्यो लोक-रकको जादु
कुनै पनि कन्सर्टमा मञ्चका कलाकारसँग दर्शक यत्तिको भावुकतापूर्वक जोडिएको आफूले कहिल्यै नदेखेको इलिनको प्रतिक्रिया थियो । कन्सर्ट हेर्नकै लागि उनी डेढ घण्टा मोटर हाँकेर आइपुगेकी थिइन् ।

