६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

त्रिशुलीमा माछा मार्न गएका दुई जना बेपत्ता

गोरखा – त्रिशुली र मस्र्याङ्दी नदीले बगाएर दुई जना आईतबार बेपत्ता भएका छन्। गण्डकी गाउँपालिका–१ पाङ्खोलाका १४ वर्षीय बिकास चेपाङ माछा मार्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका गोरखाका डिएसपी बासुदेव खतिवडाले बताए। बेपत्ता बालक आफ्ना बाबु सँग माछा मार्न गएका थिए। 

शहिद लखन गाउँपालिका– ३ भुवनीटारस्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बाग्लुङ जिल्ला बरेनडाँडा गाउँपालिका–१ का १९ वर्षिया कृष्णबहादुर पुन मगर पनि बेपत्ता भएका छन्। बेपत्ता भएकाहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: २८ वैशाख २०७७ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App