११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी निरीक्षक निलम्बित

.

सहकारीको रकम अपचलन गरेको आरोपमा महानगरीय प्रहरी परिसरअन्तर्गत स्वयम्भू वृत्तमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया निलम्बनमा परेका छन्।

फरार सूचीमा रहेका अकौलियालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएपछि मुद्धा फस्र्योट नहुन्जेलका लागि उनी निलम्बनमा परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

धादिङको धुनिवेशी नगरपालिका–५ घर भएका अकौलियाविरुद्ध मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको आरोपमा २०८० साल भदौमा प्रहरी वृत्त स्वयम्भूमा जाहेरी परेको थियो। उक्त मुद्दामा फरार रहेका उनी मंसिर ४ गते पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो।

अदालतको आदेशअनुसार एक लाख रुपैयाँ धरौटी बुझाएपछि अकौलिया रिहा भए पनि उनी स्वतः निलम्बनमा परेको एसपी अधिकारीले स्पष्ट पारे।

प्रकाशित: ११ मंसिर २०८१ १९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App