जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि लामिछानेलाई बुधबार मात्रै काठमाडौं ल्याइने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बनधी बयानका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
उनलाई मङ्गलबार नै ल्याउने तयारी गरिएको थियो तर, मौसम प्रतिकूलताका कारण उनलाई ल्याउन नसकिएको हो ।
रास्वपा नेता दीपक बोहोराका अनुसार अब भने रविलाई बुधबार वा बिहीबार मात्रै काठमाडौं ल्याइने छ ।
बयान सकिएपछि उनलाई पुन: पोखरा नै फिर्ता गर्ने तयारी प्रहरीको छ । यसअघि उनलाई बुटवलसमेत पुर्याइएको थियो ।
अहिले उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।
प्रकाशित: ११ मंसिर २०८१ २०:५८ मंगलबार