६ आश्विन २०८१ आइतबार
image/svg+xml

बेपत्ता भएको ६ दिनपछि एक युवा मृत फेला

बेपत्ता भएको ६ दिनपछि एक युवा मृत फेला परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका २१ वर्षीय डिल्लीकुमार राई बुधबार मृत फेला परेका हुन्।

नदीमा बगेर एक युवक बेपत्ता

पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बैतडीका एक युवक बेपत्ता भएका छन्। दशरथचन्द नगरपालिका–१० बुड्डाका २२ वर्षीय सौरभ चन्द बेपत्ता भएको प्रहरीले जनाएको छ। पिकनिक मनाउन साथीहरुसँग गएका युवक पौडी खेल्न भनि महाकाली नदी गएका र उनी बगेर बेपत्ता भएको स्थानीय उत्तम चन्दले बताए।

दोस्रोपटक बेपत्ताको सूची सार्वजनिक

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २५ सय ६ जना बेपत्ताको सूची दोस्रोपटक सार्वजनिक गरेको छ। सार्वजनिक गरिएकामध्ये खानेपानी मन्त्री बीना मगरको नामसमेत बेपत्ता सूचिमा उल्लेख छ।

बेपत्ता पत्रकारको उजुरी नै गायब

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता भएका ३२ वटा उजुरी उजुरीकर्ताको सहमतिबिना कसरी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिइयो भन्ने प्रस्ट जवाफ कोहीसँग छैन। सुरक्षा र गोपनीयताको ग्यारेन्टी गर्दै उजुरी मागेको आयोगले उजुरीकर्तालाई जानकारी नदिएर यताउति गराएको विषय आफैंमा गम्भीर हो।

बेपत्ता छोरा १९ वर्षमा फर्किएपछि...

सेती नदी र क्याङदी खोला किनारको बिचको बस्ती शुक्लागण्डकी नगरपालिका–८ मालेबगरमा खुशीको रौनक छ। अर्काे खुसी त यो बस्तीकी डिलकुमारी मल्ललाई छ। १९ वर्षदेखि हराएका उनका कान्छा छोरा मनबहादुर शुक्रबार घर सम्झिएर आए। त्यसपछि डिलकुमारको मन सान्ता भएको हो।

बेपत्ता युवक सुनकोसीमा मृत फेला

खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानका २१ वर्षीय आशिष राई मृत फेला परेका छन्। गत फागुन ९ गते शिवरात्रिको दिन साथीहरुसँगै बराहपोखरी गाउँपालिका–५ पौवासेराको बंशिलाघाटमा रहेको झोलुंगे पुलतर्फ घुमफिर गर्न हिँडेका राई हप्ता दिनपछि मृत फेला परेका हुन्।

बेपत्ता आयोग भैरवनाथ गणमा

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आइतबार भैरवनाथ गण र शिवपुरी क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।

अज्ञात अवस्था सम्झेर भतभती पोल्छ मन

‘सबै भुलेर मिलेर बसेका छौं। मार्ने र मराउने पनि चिनेका छौं तर पुराना दिन नदोहोरियोस् भनेर चुप छौं।

बेपत्ता छोरा खोज्दै ६५ वर्षीया वृद्धा

बनेपा, सिनागालकी ६५ वर्षीया सावित्री घिमिरे छोराको पर्खामा रहेको १५ वर्ष वित्यो। काठमाडौंमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा प्रमाणपत्र तहको दोस्रो वर्षमा पत्रकारिता पढ्दै गरेका छाेरा प्रकाश २०६१ साल मंसिर ७ गतेदेखि बेपत्ता थिए।

निरन्तर चहर्‍याइरहेछ सशस्त्र–द्वन्द्वको घाउ

०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेर युद्ध अन्त्य भएको घोषणा गरेका थिए। तर त्यो युद्धले बनाएका अनेकन घाउका खाटाहरू निको नभई, अझै उस्तै छन्। युद्धमा मृत्यु हुने र हत्या गरिएका अधिकतर व्यक्तिका परिवारले आजसम्म मरे–बाँचेको केही अबर पाएका छैनन्।

१२ दिनदेखि बेपत्ता युवक मृत भेटिए

१२ दिनदेखि बेपत्ता युवक मृत भेटिएका छन्। बडीमालिका नगरपालिका–८ मा पर्ने चल्यासैनका डाँडाको लेकमा खप्तड छेडेदह गाउँपालिका–१ काँडा घर भएका अन्दाजी ४५ वर्षीय गोरे विक मृत भेटिएका हुन्। विक १२ दिनदेखि बेपत्ता रहेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन्। उनको शव १३ औं दिनमा भेटिएको हो।

स्वायत्तता दिन बेपत्ता आयोगको सुझाव

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ऐन र नियमावलीमा परिपूरणको विषयमा आयोगलाई स्वायत्तता दिनेगरी संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सुझाव दिएको छ।

वनभोज खान गएका व्यक्ति राप्ती नदीमा बेपत्ता

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।

न्याय पाउने आस छ, भर छैन

१७ वर्षसम्म पति मारिनु र छोरो बेपत्ता पारिनुको कारणबाट बेखबर सुकमनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम एकादेशको कथाजस्तै भएको छ।

बेपत्ता दुई युवाको हिउँले पुरिएको अवस्थामा शव फेला

माघ ३ गते शुक्रबारदेखि बेपत्ता भएका दुई युवाको शव भेट्टिएको छ। गोसाईँकुण्ड घुमेर फर्कँदै गरेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ हेलम्बुका १७ वर्षीय वाङगेल शेर्पा र जोरपाटी काठमाडौँका २० वर्षीय जापान लामा शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरुको शव सोमबार दुप्चेश्वर गाउँपालिका – १ घ्याङफेदीस्थित फेदीको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेट्टिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्